‘शतप्रतिशतलाई भागवण्डा गर्न सकिँदैन’
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शतप्रतिशतलाई भागवण्डा गर्न नसकिने बताएका छन्।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामति सेवाको पदपूर्तिका लागि शतप्रतिशतलाई भागवण्डा गर्न नसकिने बताएका छन्।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने स्पष्ट पारेका छन्।
नागरिकता विधेयकमाथिको छलफलका क्रममा समितिका सदस्यहरूबीच नेपाली महिलासँग विवाह गर्ने विदेशी र नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई समान व्यवहार गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ।
यही असार ३ गते कुमारीगालस्थित समता अस्पतालमा मृत भेटिएकी २७ वर्षीया विमला तामाङका आफन्तले अझै शव बुझेका छैनन् । तामाङको हत्या गरेर शव झुण्ड्याइएको भन्दै आफन्तले एक सातादेखि दैनिक महानगरीय प्रहरी वृत्त गौशाला अगाडि प्रदर्शन गर्दै आएका छन् ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले इन्डोप्यासिफिक रणनीतिबारे धेरै चिन्ता लिन आवश्यक नरहेको बताएका छन्। प्रतिनिधिसभाको सोमबारको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफमा मन्त्री ज्ञवालीले इन्डोप्यासिफक अमेरिकी सरकारको नीति भएकाले उसले यसलाई आफ्नो ढंगले विश्लेषण गर्ने र नेपालले आफ्नै ढंगले विश्लेषण गर्नुपर्ने बताए। ‘हामीले राजहासले जस्तै दूध र पानी छुट्ट्याउन सक्छौं। नेपालसँग त्यो क्षमता हुनुपर्छ र त्यो छ पनि। यसमा धेरै तनाव लिन आवश्यक छैन,’ प्रश्नको जवाफ दिँदै उनले भने।
चालक अनुमतित्रपत्र छपाईमा कार्यालयकै गल्तीका कारण पुनः छपाइ गर्दासमेत सेवाग्राहीले जरिवाना तिर्दै आएकामा सो जरिवाना हटाउने तयारी भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम विधिसम्मत सञ्चालन भएको दाबी गरेका छन्।
नेपाल बंगलादेशबीच ऊर्जा क्षेत्रको विकासका लागि हालै भएको सहमति मुलुकको हितमा महŒवपूर्ण भए पनि भारत लचिलो नभएसम्म यसबाट फाइदा लिन नसकिने सरोकारवालाले बताएका छन्। दुवै मुलुकको सचिवस्तरीय बैठकले असार ६ मा नेपाल र बंगलादेशबीच ऊर्जाका विभिन्न क्षेत्रमा मिलेर काम गर्ने सहमति गरेको थियो। बैठक बंगलादेशको कोक्समा भएको हो।
–उक्त जमिनको मुआब्जा दिन कानुनी आधार छैन। प्रमाण नभएको जग्गाको मुआब्जा दिन सकिँदैन। जग्गा प्राप्ति ऐनबाहिर गएर मुआब्जा वितरण गर्न मिल्दैन।
उक्त अस्पतालकी सरसफाई कर्मचारी रामेछापकी २७ वर्षीया विमला तामाङको शव गत मंगलबार अस्पतालभित्र झुण्डिएको अवस्थामा भेटिएको थियो।
राज्य व्यवस्था समितिले दोहोरो भीडन्तका क्रममा प्रहरीको गोलीबाट सर्लाहीमा मारिएका नेकपा विप्लव समूहका नेताकुमार पौडेलका बारेमा गृहमन्त्रीसँग छलफल गर्ने भएको छ।
बौद्धस्थित समता अस्पतालमा क्लिनरको रूपमा कार्यरत बिमला तामाङको शंकारस्पद मृत्यु भएपछि पीड़ितका आफन्तहरूले न्याय माग्दै गौशाला प्रहरी वृत घेराउ गरेका छन्।युवतीको आत्महत्या नभएर हत्या भएको भन्दै छानबिन गर्न मागसहित उनीहरुलेनाराबाजी गर्दै प्रहरी वृत घेराउ गरेका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको बताएका छन्।
भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको मुद्दामा दोषी ठहर भएका दुईजनालाई सजाय निर्धारण गर्न तोकिएको पेशी स्थगित भएको छ।
मासिक एक सय रुपैयाँ लिई अंग्रेजी माध्यममा नर्सरीदेखि स्नातकोत्तर तहसम्म अध्यापन गराउँदै आएको बौद्धस्थित समता स्कुलमा आन्दोलनकारीहरुले गर्दा पठनपाठन प्रभावित भएको छ।