८ आश्विन २०८१ मंगलबार
image/svg+xml

हत्या आरोपमा श्रीमान र नन्द पक्राउ

सङ्खुवासभा धर्मदेवी नगरपालिका–९ मुलगाँउ ५० वर्षीया महिलाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

सासुको योजनामा ज्वाईंको हत्या, २५ सयको लोभमा हत्या

आफ्नै सासुको योजनामा सुनसरीमा एक पुरुषको हत्या भएको खुलेको छ । सुनसरी देवानगञ्ज वडा नं. ७ का २५ वर्षे मिथुनकुमार उरावको हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

नेपाली महिलालाई नवजात शिशु हत्या अभियोग

आफ्नै नवजात शिशुको हत्या आरोपमा पक्राउ परेकी एक नेपाली महिलालाई आज हत्या अभियोगमा बेलायतको विन्चेस्टर क्राउन कोटमा उपस्थित गराइएको छ।

हत्या आरोपमा भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थाकी ११ वर्षीया कञ्चन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

११ वर्षपछि समातिए शिक्षक हत्याका अभियुक्त तराई मुक्ति मोर्चाका सैन्य कमाण्डर

शिक्षकको हत्या अभियोग लागेका तराई मुक्ति मोर्चाका तत्कालिन सैन्य कमाण्डरलाई बारा प्रहरीले ११ वर्षपछि पक्राउ गर्न सफल भएको छ। नेपाल राष्ट्रिय माध्यमिक विद्यालय फेटाका तत्कालिन शिक्षक प्रदीप कुमार तिम्लसीनाको हत्या आरोपमा फरार रहेका कलैया उपमहानगरपालिका १८ बस्ने तिलक भन्ने नन्दु बैठालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

आत्महत्याको फेसबुक लाइभ सेयर नगर्न सरकारको आग्रह

मन्त्रालयले पछिल्लो समयमा आत्महत्याका घटनाहरु बढिरहेकोप्रति ध्यानाकर्षण भएको जनाएको छ । एकहप्ताको अवधिमा दुई महिलाले आत्महत्या गर्दा फेसबुक लाइभ गरेको कुरामा मन्त्रालयको ध्यानाकर्षण भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो एक हप्तामा दाङ र चितवनका दुई महिलाले आत्महत्या गर्दा फेसुबकमा लाइभ गरेका थिए ।

यसरी भयो जनकपुरकी कंचनको बलात्कारपछि हत्या, आरोपीत भारतीय नागरिक पक्राउ

जनकपुरधाम उपमहानगरपालिका—२१ कुर्थाकी ११ वर्षीया कंचन पंजियारलाई बलात्कार गरी हत्या गरेको अभियोगमा प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको मलिहावाद जिल्ला काकोरी ग्राम पञ्चायतका ३२ वर्षीय दिपु सिंह रहेका छन्।

निराशा र त्रासले मानसिक विचलन

मानिसहरु आफ्नो ज्यान आफैंले लिने हदसम्म पुग्न विभिन्न सामाजिक, आर्थिक र मनोवैज्ञानिक कारण जिम्मेवार हुन्छन्। सन् १८९७मा प्रकाशित आफ्नो पुस्तक ‘सुसाइड’ मा फ्रान्सेली समाजशास्त्री इमाइल दुर्खिमले व्यक्तिगतभन्दापनि सामाजिक कारणले मानिसहरु आत्महत्याका लागि उद्यत् हुने उल्लेख गरेका छन्।

११ वर्षीया छोरीकाे बलात्कारपछि हत्या, आमाको बिलौना

‘मेरो बाबु ! मलाई छोडेर किन गयौं ? कसरी बाँच्छु म अब ? मेरी छोरीले कसको के बिगारेकी थिइन् ? हे भगवान मेरी छोरी ल्याइदेऊ,’ छोरीको हत्या भएको छेउमै दर्जनौ महिलाको भीडमा विलौना गर्दै थिइन् संगिता । छोरी हत्याको वियोगमा तडपीरहेकी थिइन । उनी अचेत हुन्थिन् । मुर्छा परेपछि भीडमा रहेकी महिलाहरूले उनलाई सम्हाल्न खोज्दै थिइन् । तर निमर्म हत्या भएको देखेर उनीहरू समेत कमजोर भइसकेका थिए । शव हेर्न टोलका सयौं मानिसहरूको घुँइचो थियो । सबैको आँखा रसाएकै देखिन्थ्यो ।

बेपत्ता भएकी बालिकाको शव खेतमा भेटियो

जनकपुरधाम उपमहानगरपालिका—२१ स्थित कुर्थामा मृत अवस्थामा एक बालिकाको शव फेला परेको छ । तीन दिनदेखि बेपत्ता भएकी ११ वर्षीय कञ्चन पन्जियारको दुधमती नदी किनारमा अर्धनग्न अवस्थामा शव फेला परेको हो ।

क्वारेन्टिनमै आत्महत्या गरेका पुरुषमा कोरोना पोजेटिभ

गत १७ गते क्वारेन्टिनमै झुन्डिएर आत्महत्या गरेका गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ । रोल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाका अनुसार मृतकको स्वाब भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गरिएको थियो ।

भारतमा एकजना डिएसपीसहित आठ प्रहरीको हत्या

भारतको उत्तर प्रदेश राज्यको कानपुरमा लामो समयदेखि अपराधमा संलग्न रहेको भनिएका एकजना अभियुक्तको घर घेरा हाल्न पुगेको प्रहरीमाथि त्यहीँ रहेका हतियारधारीहरुले आक्रमण गर्दा एकजना डिएसपीसहित आठ जना प्रहरीको ज्यान गएको छ।

मेक्सिकोमा बन्धुकधारीले २४ जनाको हत्या गरे

मध्य मेक्सिकोको एउटा लागुऔषध पीडितको पुर्नस्थापना केन्द्रमा बुधबार बन्धुकधारीको गोली प्रहारबाट कम्तीमा २४ जनाको मृत्यु भएको छ ।

फेसबुक लाईभ गर्दै आत्महत्या

दाङ तुलसीपुरमा एक किशोरीले फेसबुक लाईभ गरेरै आत्महत्या गरेकी छिन्। तुलसीपुर ५ रानीजरुवा की २३ वर्षीया एलिशा गौतमले वुधवार राती दुई वजेतिर फेसबुकमा लाईभ गर्दै आत्महत्या गरेकी हुन्। उनले आत्महत्या गर्दा गीत बजेको समेत भिडियोमा सुनिएको छ। सुरुमा उनले फेसबुक लाईभ गर्दै पटक पटक रुँदै नमस्कार गरेको भिडियोमा देखिएको छ।

क्वारेन्टिनमै आत्महत्या

रोल्पाको क्वारेन्टिनमा रहेका एक युवकले आत्महत्या गरेका छन् । रोल्पा प्रहरी प्रमुख चित्रबहादुर गुरुङका अनुसार गत असार १० गते दुबईबाट रोल्पा आएका गंगादेव गाउँपालिका–५ का ३१ वर्षीय एभान सार्कीले बुधबार दिउसो झुन्डिएर आत्महत्या गरेका हुन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्