१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

ढकिया बुन्न सिक्दै थारू महिला

कला–संस्कृतिको धनी थारू समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन्।

स्थानीय पाठ्यक्रम पठनपाठनमा

कञ्चनपुरका स्थानीय तह आफ्नै पाठ्यक्रम बनाई कार्यान्वयन गर्ने तयारीमा जुटेका छन्। पालिकाले स्थानीय कला, संस्कृति र पर्यटनलाई समेटेर आफ्नै पाठ्यपुस्तक प्रकाशनमा ल्याउने तयारीमा लागेका हुन्।

टुँडिखेल: काठमाडौंको काख

जुनसुकै जाति, धर्म, समुदायसँग सम्बन्धित व्यक्ति भए पनि तपाई चाहनुहुन्छ भने इन्द्रजात्रा, सेतो मच्छिन्द्रनाथ रथजात्रामा रथ तान्न जान सक्नुहुन्छ। यी मात्र नभई काठमाडौंका यस्ता थुप्रै पर्व छन्, जसमा हरकोही सहभागिता जनाउन सक्छन् ।

कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुन्छः मेयर साह

शुक्रबार काठमाडौंमा भएको दोस्रो नेपाल अन्तर्राष्ट्रिय नाटक महोत्सव २०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

चिन्तित हुँदै उपराष्ट्रपतिले भनेः मौलिक संस्कृति भावी पुस्तालाई हस्तान्तरण गरौँ

“मौलिक भाषा, संस्कृति, कलामाथि अतिक्रमण भइरहेको छ। हामी जानीनजानी यो अतिक्रमणमा परिरहेका छौँ। हामी सोचौँ त हाम्रो मौलिक भाषा रहेन भने, हाम्रो कला, संस्कृति रहेन भने हाम्रो पहिचान रहला?”, उनले भने,“भूगोलले मात्रै हाम्रो पहिचान रहन सक्दैन। राष्ट्र भनेको भूगोल मात्रै होइन। मेरो आग्रह छ–हाम्रो मौलिक भाषा, कला, संस्कार, संस्कृति जोगाऔँ। प्रवर्द्धन गरौँ। र, भावी पुस्तालाई हस्तान्तरण गरौँ।”

मान–पदवीको अपमान

अहिलेसम्म जसरी तक्मा वितरण हुँदै आएको छ, त्यसमा गम्भीर समीक्षा होस्। आगामी वर्षदेखि वितरण गरिने यस्ता पदकमा सही निर्णय गर्न सक्ने गरी समिति बनोस्। यथोचित छानबिन गरेर मात्र पदक तथा मान–पदवी वितरणको परिपाटी बनोस्।

कला दीर्घाको संस्कृति र स्वरूप

कलालाई बुझ्न ‘भिजुअल ल्यांग्वेज’ आवश्यक हुन्छ, यसर्थ कलालाई निरन्तर हेरिरहनु नै कलालाई बुझ्ने प्रक्रियाको सुरुको बिन्दु हो, भन्ने गरिन्छ। अन्यथा कलालाई सजिलै बुझ्न सकिँदैन। नबुझिने कुरामा चासो र चाख पनि कम हुन्छ। मूलतः दर्शकले कलालाई हेर्न खोजीखोजी पस्ने सन्दर्भ पनि देखापर्दैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्