४ पुस २०८१ बिहीबार
image/svg+xml

उपचुनावमा जनताले पुराना दलको विकल्प पाएनन् : पूर्वप्रधानमन्त्री भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले स्थानीय तहका उपनिर्वाचनको परिणाम पूराना दलको विकल्प तयार नहुनुको नतिजा भनेका छन्।

स्थानीय तह उपनिर्वाचन : सबै नतिजा सार्वजनिक, कहाँ कस्ले जित्यो ?

स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनको सबै नतिजा सार्वजनिक भएको छ।

सर्केगाडमा माओवादी केन्द्रकी तिमिल्सिना विजयी

हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)की उम्मेदवार देवकी तिमल्सिना (समिक्षा)विजयी भएकी छन्।

त्रियुगामा माओवादी विजयी

उदयपुरको त्रियुगा नगरपालिका–१२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र) का नवीनकुमार बान्तवा राई ९२३ मत प्राप्त गरेर विजयी भएका छन्।

पुथाउत्तरगंगामा उपाध्यक्षको मतगणना सुरु

गत भदौमा बागलुङमा जिप दुर्घटनामा पालिका उपाध्यक्ष भूपेन्द्रा बुढा र वडा अध्यक्ष जसबहादुर सिर्पालीको मृत्यु भएपछि यी पद रिक्त भएका थिए।

गढी ६ मा कांग्रेस विजयी, नाउपा उम्मेदवारले पाए एक मत

सुनसरीको गढी गाउँपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका तेतर साहु विजयी भएका छन्। उनी ८१६ मत ल्याएर विजयी भएका हुन्।

वडाध्यक्षमा प्रकाश चन्द विजयी

कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षमा नेपाली कांग्रेसका प्रकाश चन्द १ हजार १०७ मत प्राप्त गरेर विजयी भएका छन्।

ग्रामथानमा माओवादीले खोस्यो कांग्रेसको सिट

मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा माओवादी केन्द्रले जित निकालेको छ।

सूर्मामा नेपाली कांग्रेसका पुजारा विजयी

बझाङको सूर्मा गाउँपालिका–४ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका धिरेन्द्र पुजारा ६५७ मत ल्याएर विजयी भएका हुन्।

दुल्लु नगरपालिकामा एमाले विजयी

दैलेखको दुल्लु नगरपालिका–१४ वडाध्यक्षमा एमाले विजयी भएको छ। एमालेका लालबहादुर शाही ५७४ मतसहित निर्वाचित भएका छन्।

ग्रामथानमा माओवादी फराकिलो मतान्तरले अगाडि

ग्रामथान गाउँपालिकाको अध्यक्षको मतगणना जारी हुँदा नेकपा माओवादी केन्द्रले अग्रता फराकिलो बनाएको छ।

महाबु अध्यक्षमा नेकपा एमालेका शाही विजयी

एमालेका उम्मेदवार जंगबहादुर शाही ३ हजार १ सय २७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलक भण्डारीले २ हजार ६ सय ७५ मत पाए।

रौतहट उपनिर्वाचन : काँग्रेस र नेकपा एसको जित

रौतहटका तीन पालिकाको तीन वडामा वडाध्यक्षका लागि भएको उपनिर्वाचनमा सबै पदको परिणाम सार्वजनिक भएको छ। तीनमध्ये दुई वडाध्यक्षमा नेपाली काँग्रेस र एक वडाध्यक्षमा नेकपा एकिकृत समाजवादी (नेकपा एस) विजयी भएका छन्।

नलगाडमा माओवादी भारी मतान्तरले अगाडि

निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार उपप्रमुख पदका लागि भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रकी उम्मेदवार देवका लामिछाने २ हजार ७२१ मतसहित अगाडि छिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्