सुद्धोदनमा मतगणनाका लागि तयारी पूरा, मध्यरातसम्म नतिजा आइसक्ने
मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीका अनुसार, पतरिया स्वास्थ्य चौकीको माथिल्लो हलमा मतगणना स्थलको व्यवस्था मिलाइएको छ, जहाँ तारजाली र ५ वटा सिसि टिभी क्यामेरा पनि राखिएको छ।
मुख्य निर्वाचन अधिकृत प्रकाशचन्द्र अधिकारीका अनुसार, पतरिया स्वास्थ्य चौकीको माथिल्लो हलमा मतगणना स्थलको व्यवस्था मिलाइएको छ, जहाँ तारजाली र ५ वटा सिसि टिभी क्यामेरा पनि राखिएको छ।
स्थानीय तह उप निर्वाचन अन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा हुने उप निर्वाचनका लागि स्थानीय प्रशासनले शनिबार राती १२ बजेदेखि उप निर्वाचन अवधिभर सवारी साधन आवतजावतमा रोक लगाएको छ।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका वडा नम्बर १ मा मंसिर १६ गते हुने उप निर्वाचनका लागि मतदान केन्द्रमा बुथ निर्माण गरिएको छ।
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा सम्पूर्ण कर्मचारीलाई मतदानका दिन विशेष विदा वा अन्य वैकल्पिक उपाय अपनाई मतदान गर्ने व्यवस्था मिलाउनका लागि नेपाल सरकारलाई लेखी पठाउने निर्णय भएको छ।
यही मङ्सिर १६ गते सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको उपनिर्वाचनका लागि मतदान केन्द्रमा खटिने कर्मचारी छनोट भएको छ।
नेपाली कांग्रेसका उम्मेदवार जनिफ खानसँगै जनताको घरदैलोमा भोट माग्ने क्रममा महामन्त्री शर्माले नेपाली कांग्रेस आमजनताको विश्वास जितेको पार्टी भएकाले रामगोपालपुर–२ का जनतालाई वडाको उपनिर्वाचनमा कांग्रेसलाई जिताउन आग्रह गरेका हुन्।
गृहमन्त्री रमेश लेखकले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्देशन दिएका छन।
‘हामीले आग्रह गरेपछि भोट प्राप्त गरेकै हौँ । जनताले भरोसा गरेकै हुन्,’ बुधवार बसेको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा शाहले भनेका थिए,‘तर अहिले त्यो भरोसा टुटेको हो कि भन्ने चिन्ता पर्न थालेको छ ।’
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप)ले उपनिर्वाचनको कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न अनुरोध गरेको छ।
आसन्न स्थानीय तह उपनिर्वाचनमा पर्यवेक्षण गर्न नौवटा संस्थाले अनुमति पाएका छन्।
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।
ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्षको उपनिर्वाचनमा ५ जनाको उम्मेदवारी परेको छ।
बिहानैदेखि दलहरूले मनोनयन दर्ता सुरु गरिसकेका छन् । मनाेनयन दर्ता सुरू भएसँगै उपनिर्वाचन हुने ठाउँमा चुनावी रमझम सुरु भएको छ ।
आसन्न स्थानीय तह उपनिर्वाचनका लागि आइतबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ।
निर्वाचन आयोगका अनुसार ३२ वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय र छ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।