२ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय तह उप निर्वाचन: चुनावी रमझम सुरु, यी ४४ ठाउँमा हुँदै छ निर्वाचन

मंसिर १६ गते हुने स्थानीय तहमा रहेका रिक्त पदहरूको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेको समयसम्म मनोनयन दर्ता गर्ने कार्यपालिका तय गरेको छ । जसअनुसार बिहानैदेखि दलहरूले मनोनयन दर्ता सुरु गरिसकेका छन् ।  मनाेनयन दर्ता सुरू भएसँगै उपनिर्वाचन हुने ठाउँमा चुनावी रमझम सुरु भएको छ ।

निर्वाचन आयोगका अनुसार  विभिन्न कारणले रिक्त रहेका स्थानीय तहका जिल्ला समन्वय समितिका दुई प्रमुख, नगरपालिकाका प्रमुख तथा उपप्रमुख एक/एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३४ गरी कुल ४४ पदमा यस पटक उप निर्वाचन भइरहेको छ । 

कहाँ कहाँ हुँदै छ निर्वाचन ? 

निर्वाचन आयोगका अनुसार ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङ¬को ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।
 

निर्वाचन आयोगका अनुसार कैलाली र ओखलढुङ्गामा जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका प्रमुख, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदमा निर्वाचन हुनेछ । 

यस्तै वडाध्यक्ष तर्फ झापाको कन्काइ नगरपालिका वडा नं ६, ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, तेह्रथुमको लालीगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहटको ईशनाथ नगरपालिका वडा नं ७, राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८, काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नं १ र ४, काठमाडौँ महानगरपालिका वडा नं १६, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा नगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४, रुकुम (पूर्वी) पुथा उत्तरगङ्गा गाउँपालिका वडा नं २, कपिलवस्तु शुद्धोदन गाउँपालिका वडा नं १, दैलेखको दुल्लु नगरपालिका वडा नं १३, कालिकोटको तिलागुफा नगरपालिका वडा नं ४, जाजरकोट कुशे गाउँपालिका वडा नं ७, डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका वडा नं ५, रुकुम (पश्चिम) सानीभेरी गाउँपालिका वडा नं ५, बझाङको सुर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन हुँदै छ ।  

प्रकाशित: २ मंसिर २०८१ १२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App