२३ आश्विन २०८१ बुधबार
image/svg+xml

निर्वाचन घाँडो भएको हो?

बहाना बनाउँदै दाहाल गठबन्धन तोडेर कांग्रेससँग हातेमालो गर्दै दोस्रोपटक सिंहदरबार पसेका थिए। उनी हुँदै नभएको या सामना गर्न सकिने चुनौतीको हौवा खडा गरेर संविधानलाई 'सर्वस्वीकार्य' बनाउने निर्वाचनमा नजान खोजिरहेका छन्!

निर्वाचनको मिति घोषणा गरे प्रतिवाद गर्ने मोर्चाको चेतावनी

निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाललाई मधेसी मोर्चाका नेताहरुले सरकारले जस्तो व्यवहार गर्‍यो त्यस्तै उत्तर दिने चेतावनी दिएका छन्। प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस सहित मधेसी मोर्चाका शीर्ष नेतासँग आइतबार साँझ निर्वाचनको मिति घोषणाबारे छलफल गरेका थिए।

बैशाख मसान्तभित्रै निर्वाचन गर्ने गरी तयारी गर्न आयोगलाई प्रधानमन्त्रीको आग्रह

निर्वाचनको तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन आयोगका पदाधिकारीहरुसँग परामर्श गरेका छन्। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणाको तयारी गरिरहेको बेला प्रधानमन्त्रीले आइतबार आयोगसँग परामर्श गरेका हुन्।

निर्वाचन मिति घोषणा गर्न सत्ता गठबन्धन सहमत, आयोगसँग आजै परामर्श लिने

सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहको निर्वाचन मिति घोषणा गर्न सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालसहित बालुवाटारमा बसेको दुई दलका शीर्ष नेताहरुले निर्वाचन मिति घोषणा गर्ने सहमति जनाएका हुन्। त्यसका लागि सरकारले आजै निर्वाचन आयोगका आयुक्तहरुसँग परामर्शन गर्ने भएका छन्।

निर्वाचन मिति तय गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा हुँदै

सत्ता गठबन्धन नेपाली कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय निकायको निर्वाचन मिति घोषणा गर्नेबारे छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भइरहेको बैठकमा दुई दलका शीर्ष नेताहरुको उपस्थिति छ।

प्रधानमन्त्रीले मोर्चाका नेतालाई भने: हामी निर्वाचनको तयारीमा छौं

स्थानीय तहको निर्वाचन, संविधान संशोधनलगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग परामर्श गरेका छन्।

निर्वाचनमा जुट्न राष्ट्रपतिको आग्रह

राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था अनुसार आवद्यिक निर्वाचनमार्फत नागरिक अधिकारको सम्मान गर्न आग्रह गरेकी छिन्। प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले निर्वाचनमा जुट्न दलहरूलाई आग्रह गरेकी हुन्।

स्ववियु निर्वाचनकाे नयाँ कार्यतालिका सार्वजनिक (तालिका)

त्रिभुवन विश्वबिद्यालयले स्ववियु निर्वाचनका लागि तय भएकाे नयाँ मितिअनुसार नयाँ निर्वाचन तालिका सार्वजनिक गरेकाे छ। विद्यार्थी संगठन र त्रिवि पदाधिकारहरूकाे छलफलले बिहीबार साँझ गरेकाे सहमति अनुसार नै फागुन १८ गते स्वतन्त्र बिद्यार्थी युनियनको निर्वाचन गर्न शुक्रबार कार्यतालिका सार्वजनिक गरेको हाे। त्रिवि कार्यकारी परिषद्को शुक्रबारको बैठकले सार्वजनिक गरेकाे नयाँ कार्यतालिका अनुसार फागुन ११ गते बिहान १० बजेभित्र मतदाता सूची प्रकाशित गर्ने ।

निर्वाचन आयोगले पूर्णता पायो

सरकारले स्थानीयसहित तीनै तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन लागिपरेका बेला चुनाव गराउने मुख्य जिम्मेवारी पाएको निर्वाचन आयोगले पनि पूर्णता पाएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगमा तीन आयुक्त नियुक्त गरेसँगै आयोगले पूर्णता पाएको हो।

स्थानीय निर्वाचन तयारी : पहिलो चरणमा पहाडी जिल्ला

सरकारले स्थानीय तहको चुनाव दुई चरणमा गर्ने तयारी गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालनिकट स्रोतका अनुसार पहिलो चरणमा पहाडी जिल्ल्ाा र दोस्रो चरणमा तराई–मधेसमा चुनाव गर्ने गृहकार्य सरकारले अघि बढाएको हो।

स्ववियु निर्वाचनले त्रिभुवन बहुमुखी क्याम्पसमा चहलपहल बढ्याे

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तालिकासहित आचारसंहिता जारी गरेसँगै जिल्लामा निर्वाचनको माहोल बढेको छ। जसका कारण त्रिभुवन बहुमुखी क्याम्पसमा विद्यार्थी चहलपहलले तीव्रता पाएको छ।

स्ववियु निर्वाचन फागुन २१ लाई सार्ने सहमति

फागुन १४ का लागि तय भएको स्ववियु निर्वाचन सार्न प्रमुख विद्यार्थी संगठनहरु सैद्धान्तिक रुपमा सहमत भएका छन्। अाैपचारिक निर्णयका लागि विद्यार्थी संगठनका नेताहरुको बैठक बिहीबार दिउँसो २ बजे त्रिभुवन विश्वविद्यालयमा बोलाइएको छ।

आवधिक निर्वाचन किन?

आफ्नो अक्षमता ढाकछोप गर्न संविधान संशोधन गर्न पाइँदैन। संविधानले तोकेको समयमा निर्वाचन गर्न/गराउन नसक्ने अनि संविधान संशोधन गरेर आफ्नो आयु लम्ब्याउने कुरा कुनै पनि लोकतान्त्रिक नेतृत्वले सोच्न सक्दैन र हुँदैन।

फागुन १४ मै स्ववियू निर्वाचन गराउन शीर्ष नेता सहमत

तोकिएको समयमा स्ववियु निर्वाचन गराउनका लागि प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले सहमती जनाएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भएको बैठकमा उनीहरुले यस्तो प्रतिबद्वता जनाएका हुन्।

सरकार निर्वाचनबाट डरायो: पूर्वमन्त्री पोखरेल

एमाले नेता तथा पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेलले एमालेको लोकप्रियता देखेर सरकार निर्वाचनबाट भाग्न खोजिरहेको दावी गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्