२३ आश्विन २०८१ बुधबार
image/svg+xml

स्याङ्जामा ६० प्रतिशत मतदान सकियो

स्थानीय तहको निर्वाचन स्याङ्जा जिल्लामा शान्तिपूर्ण रुपमा भैरहेको छ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा शान्तिपूर्ण रुपमा मतदाताले बिहानैदेखी लामबद्द भएर मतदान गरिरहेका छन् ।

मनाङमा दुई केन्द्रको मतदान सकियो

हिमालपारिको जिल्ला मनाङमा मतदान शान्तिपूर्ण रुपमा भईरहेको छ। अहिलेसम्म दुईवटा केन्द्रमा मतदान सकिएको छ। अहिलेसम्म करिब ६० प्रतिशत मत खसिसकेको मनाङ प्रशासनले जनाएको छ।

मुगुमा ६० प्रतिशत मतदान, सोरु गाउँपालिकाको वडा नम्बर तीनमा मतदान सकियो

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने सोरु गाउँपालिकाको वडा नम्बर तीन भाम गाउँमा रहेको मतदान केन्द्रमा मतदान सकिएको छ।

धादिङमा हर्सोल्सासका साथ मतदान

धादिङमा २ नगरपालिका र ११ गाउँपालिका गरी १३ वटा स्थानीय तह छन्। १ सय ९ मतदान स्थल र २ सय ५१ मतदान केन्द्र छन्।

सिन्धुपाल्चोकका दुई मतदान केन्द्रमा ४ राउण्ड हवाइ फायर

सिन्धुपाल्चोकको दुई मतदान केन्द्रमा प्रहरीले ४ राउण्ड हवाइ फायर गरेको छ ।

एमाले अध्यक्ष ओलीले बालकोटमा मतदान गरे

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनका लागि मतदान गरेका छन्। उनले भक्तपुरको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट उनले भोट खसालेका हुन्।

शान्तिपूर्ण वातावरणमा मतदान (फोटो / भिडियो)

देशका विभिन्न स्थानका मतदाताहरू निकै नै उल्लासपूर्ण वातावरणमा मतदान गरिरहेका छन्। २० वर्ष पछि भएको निर्वाचनमा सहभागी हुन भक्तपुरका मतदाताहरू निकै नै उत्साही देखिएका छन् ।

दोलखाका दुई मतदान केन्द्रमा बुथ कब्जा भएको एमाले आरोप

तामाकोशी गाउँपालिकाको एमालेका अध्यक्ष उम्मेदवार ईश्वर पोखरेलले मतदानस्थल छोडेका छन्। पालिकाका विभिन्न स्थानमा काँग्रेस र माओवादीले बुथ कब्जा गरेको आरोप लगाउँदै उनले मतदानस्थल छाडेका हुन्।

रामेछापको एक केन्द्रमा मतदान स्थगित

जिल्लाको दोरम्बा गाउँपालिका ५ टोकरपुरको पुन्चेत स्थित कालिका भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतदाताको विषयमा उत्पन्न विवादका कारण सो केन्द्रको मतदान स्थगित भएको छ ।

४२ प्रतिशत मतदानः निर्वाचन आयोग

निर्वाचन आयोगले आइतबार ११:३० बजेसम्म ४२ प्रतिशत मतदाताले भोट खसालेको जनाएको छ। दुई दशकपछि भइरहेको स्थानीय निर्वाचनमा जनताको उत्साहजनक सहभागिता जनाएका छन्।

म्याग्दीमा शान्तिपूर्णरुपमा मतदान हुँदै

दुईदशक पछी हुन लागेको स्थानीय तहको निर्वाचन म्याग्दीमा निर्धारित समयमै सुरू भएको छ । बिहान ७ बजेदेखि शान्तिपूर्णरुपमा मतदान कार्य भइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । ७१ हजार ४६३ जनता मतदाता, एक नगरपालिका र ५ गाउँपालिका रहेको म्याग्दीका सबै तहमा शान्तिपूर्णरुपमा निर्वाचन भइरहेको छ । मतदाताको सुरक्षाका लागि प्रहरी, नेपाली सेना र शसस्त्रले सदरमुकाम बेनी देखी ग्रामिण क्षेत्रसम्म सुरक्षा दिइरहेको छ ।

११५ वर्षीया बाटुली लामिछानेले मतदान गरिन्

दुई दशक पछि भइरहेको पहिलो चरणको स्थानीय तहको निर्वाचनमा नुवाकोटका जेष्ठ नागरिकले उत्साहको साथ मतदान गरिरहेका छन्। उनीहरुले सहयोगीको साथमा मतदान गरिरहेका हुन्।

शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान जारी

निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत तीनवटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तहको निर्वाचनका लागि आइतबार बिहान ७ बजेबाट शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान कार्य सुरु भएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्