२३ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

रामेछापको एक केन्द्रमा मतदान स्थगित

रामेछाप – जिल्लाको दोरम्बा गाउँपालिका ५ टोकरपुरको पुन्चेत स्थित कालिका भगवती आधारभुत विद्यालयको मतदान केन्द्रमा मतदाताको विषयमा उत्पन्न विवादका कारण सो केन्द्रको मतदान स्थगित भएको छ । 

सो केन्द्रमा एमाले र माओवादी पक्ष बीच मनमुटाव हुँदा झडपको स्थिति श्रृजना भएको थियो । झडपको स्थिति श्रृजना भए पनि अराजक गतिविधिमा संलग्नहरुलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएपछि थप द्वन्द्व नबढेको प्रमुख जिल्ला अधिकारी सुर्य प्रसाद अधिकारीले जानकारी दिए । 

उनका अनुसार घटना लगतै सशस्त्र प्रहरीको टोली सो स्थानमा पठाएपछि स्थिति सामान्य बनेको थियो । उक्त केन्द्रमा तत्कालका लागि मतदानको कार्यक्रम स्थगित गरिएको प्रहरीले जनाएको छ । 

विवादका विषयमा सर्वदलीय छलफल गरी निकास निकालिने र त्यसको लागि तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी प्रवक्ता प्रेम जोेशीले जानकारी दिए । जिल्लाका अन्य स्थानमा भने शान्तिपूर्ण र उत्साहका साथ मतदानका कार्य भइरहेको प्रजिअ अधिकारीले जानकारी दिए । 

प्रकाशित: ३१ वैशाख २०७४ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App