५ आश्विन २०८१ शनिबार
image/svg+xml

अफगानिस्तानमा कार बम आक्रमणमा १७ जनाको मृत्यु, ३० घाइते

काबुल अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारबम हमलामा परी १७ जनाको ज्यान गएको छ। उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको बताइएको छ। बिहीबार सो हमला भएको समाचारमा जनाइएको छ।

देवघाटमा बोलबम मेला नहुने

कोभिड–१९ को सङ्क्रमणलाई मध्यनजर गर्दै यस वर्ष पवित्र धार्मिक तीर्थस्थल देवघाटमा बोलबम मेला नहुने भएको छ । देवघाट क्षेत्र विकास समितिले कोरोना सङ्क्रमण फैलिने जोखिम उच्च भएकाले यसपालि मेला नगर्ने भएको हो ।

राजपुर बमकाण्डका अर्का आरोपी पक्राउ

चर्चित राजपुर बमकाण्डका फेरी अर्का आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । २०६४ चैत २७ गते संविधान सभाको निर्वाचनको पूर्व सन्ध्यामा तत्कालीन राजपुर फरहदवा गाविस–४ हाल राजपुर नगरपालिका–४ मा रहेको शेख ईद्रिसको गोठघरमा भएको बम विस्फोटमा परी मृत्यु हुने तथा घाइते भएकाहरूलाई राजा इँटा उद्योग सम्म ट्याक्टरमा लोड गरेर इँटा भटामा जलाइएको आरोपमा फरार रहेको प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो ।

पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट गराउने मुख्य योजनाकार पक्राउ

प्रहरीले पूर्व सूचना प्रविधि तथा संचारमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बम विस्फोट गराउने मुख्य दुई जना योजनाकारहरुलाई पक्राउ गरेको छ।

बम विष्फोट हुँदा घाइते

देउमाई नगरपालिकामा घरमा लुकाइराखिएको बम विष्फोट हुँदा एकजना घाइते भएका छन् । देउमाई नगरपालिका–४, डाँडागाउँका २५ वर्षे मौसम श्रेष्ठ आफ्नै घरमा राखिएको बम अनौठो मान्दै हातले समात्दा घाइते भएका हुन् ।

सडक किनारमा राखिएको बम विस्फोट हुँदा पाँच जना सर्वसाधारणको मृत्यु

अफगानिस्तानको मार्डियान जिल्लाको एक सडकमा राखिएको बम विस्फोट हुँदा सोही बाटो भएर हिँडेका छ जना सर्वसाधारण नागरिकको ज्यान गएको छ । अफगानिस्तानको उत्तरी जाजियान प्रान्तमा बुधबार सो दुर्घटना भएको प्राप्त समाचारमा जनाइएको छ ।

१० वर्षपछि बम विस्फोटका आरोपित पक्राउ

१० वर्षपहिले गुडिरहेको बसमा बम विस्फोट गराई १३ जनालाई घाइते बनाएको अभियोग लागेका दुई जनालाई रौतहट प्रहरीले बुधबार पक्राउ गरेको छ ।

गाउँपालिका अध्यक्षलक्षित बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ

झण्डै ५ महिनाअघि गाउँपालिका अध्यक्षको कार्यकक्षनजिक बम राखेको आरोपमा विद्रोही नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका कार्यकर्ता मंगलबार पक्राउ परेका छन् ।

मध्यरातमा आलमको घरमा छापा, प्रहरीलाई नै घेराबन्दीमा पारेपछि दर्जनौँ राउन्ड हवाई फायर

रौतहटको राजपुरमा गएराति प्रहरीले राजपुर बम काण्डका आरोपितलाई पक्राउ गर्न पूर्वमन्त्री महम्मद आफताब आलमको घरमा छापा मारेको छ। आलमका भाइ महताब आलम घरमा आएको सूचनाको आधारमा आलमको घरमा प्रदेश प्रहरीले छापा मारेको हो।

रोल्पा बम विस्फोट: आफैँले कमाएको पैसाले किरिया

चार अबोध बालबालिकाको भयानक मृत्युले परिवारलाई मात्र नभएर सिंगो रोल्पा नै शोकमा परेको छ । घटनापछि सरकारी तवरबाट कुनै सहयोग नभएको परिवारको गुनासो छ ।

फेरि रोयो रोल्पा

काठमाण्डौ ईट्टाभट्टामा मजदुरी गर्ने लालबहादुर खत्री १४ दिन क्वारेन्टाइन बसेर बिहिवार मात्रै घर आएका थिए। महिनौपछि घर आएका उनको छोराछोरीसंग सुकुनले रात बिताउने सपना बम बिस्फोटले एकैछिनमा सँधैका लागि चकनाचुर पारि दियोे।

रोल्पामा दुई बोरा सकेट बम फेला, असोजमा भेटिएका 'युद्ध सामाग्री' बारे सुरक्षा निकाय अझैं मौन

रोल्पाको थबाङ गाउँपालिका वडा नं ३ मिरुलको रापा जङ्गगलमा दुई बोरा सकेट बम फेला परेको छ। बुधवार बिहान करिव १० बजे तिर स्थानीयले घाँस काट्ने क्रममा शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खबर गरेका थिए। सुचना पाए लगतै स्थानीय रानागाउँ प्रहरी चौकीको प्रहरी टोलीले उक्त स्थानलाई सुरक्षा दिएर राखेका छन्।

पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट

भक्तपुरको मनहरा फाँटमा रहेको पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको घरमा बम विष्फोट भएको छ।

गोदावरीमा घरको छतमाथि ग्रिनेड बम फेला, सेनाले गर्‍यो निष्क्रिय

ललितपुरको गोदावरी नगरापलिका–५ स्थित एक घरमा शक्तिशाली ग्रिनेड बम फेला परेको छ। सोमबार बिहान स्थानीय शुकराम मिजारको घरको छतमा ग्रिनेट बम भेटिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्