९ आश्विन २०८१ बुधबार
image/svg+xml

बोलिभियामा नयाँ निर्वाचनको बाटो खुल्यो

संसद्ले नयाँ कानुन बनाएपछि मोरालेसका समर्थकहरुले कुनै प्रतिक्रिया दिएका छैनन्। उनीहरुले नयाँ निर्वाचनमा सहभागी हुने या नहुने भन्नेमा केही बताएका छैनन्।

नेपाली कांग्रेस र राप्रपा संयुक्तबीच चुनावी कार्यगत एकता

मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नं १ प्रदेश ‘क’ (पूरै चाँंगुनरायण नगरपालिका र भक्तपुर नगरपालिका वडा नं १० कमलविनायक क्षेत्र) मा हुन लागेको उपनिर्वाचनका लागि नेपाली कांग्रेस र राष्टिय प्रजातन्त्र पार्टी संयुक्तबीच चुनावी कार्यगत एकता हुने भएको छ। आइतबार यहाँं पत्रकार सम्मेलन गरी दुबै पार्टीका जिल्लास्तरीय नेताहरुले दुई पार्टीबीच चुनावका लागि कार्यगत एकता घोषणा गरेका छन्।

ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारवादमा परिणत भयाेः देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीकै सहमतिमा भारतले नेपालको भूभाग समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको आरोप लगाएका छन्। ओलीको सल्लाहबिना भारतले नक्सा छाप्नै नसक्ने पनि उनले बताए।

उपनिर्वाचनमा खटिनेका लागि समूहिक दुर्घटना बीमा

प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यहीं मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५ सय ५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ।

उपनिर्वाचन सुरक्षा, ‘विप्लव समूह चुनौती’

असोज २९ गते राति नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका २१ जना उच्च तहका नेताहरु दाङमा पक्राउ परे। चन्दका सहोदर दाजु चन्दबहादुर चन्दसहित केन्द्रीय सदस्य तथा पार्टीका विभिन्न जिल्ला इन्चार्जहरुको पक्राउले विप्लव समूहलाई ठूलो घाटा पुग्यो। राज्यविरुद्धको अपराधमा मुद्दा चलाइएका उनीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै कांग्रेसको उजुरी

खोटाङमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)ले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले मूख्या निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ।

उपनिर्वाचन तयारीबारे कूटनीतिक समुदायलाई जानकारी

निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विश्वसनीय र मितव्ययी हुनेमा कूटनीतिक नियोगलाई आश्वस्त पारेको छ।

आचारसंहिता उल्लंघन भयो : कांग्रेस

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र सत्तारूढ दलले निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लगाएको छ।

उपनिर्वाचन २०७६ : मौन समयमा गाउँपालिका प्रवेशमा निषेध

जिल्ला सुरक्षा व्यवस्थापन समितिले उपनिर्वाचनको मौन समयमा बाहिरका नागरिकलाई गाउँपालिकामा प्रवेश गर्न निषेध लगाउने निर्णय गरेको छ।

निर्वाचन र सरकारको मध्यावधि मूल्यांकन

सरकारका काम/कारबाहीबाट जनता सन्तुष्ट बन्न सकेका छैनन्। जनताले चाहेका साना तर दैनिक जीवनमा प्रत्यक्ष प्रभाव पार्ने काम खासै हुन सकेका छैनन्। सरकारले गर्न धेरै बाँकी छ।

चालु योजना देखाएर मतदाता तान्दै

उपनिर्वाचनमा होमिएका राजनीतिक दलका उम्मेदवारले विकास निर्माणका पुरानै नारा र शैलीलाई निरन्तरता दिएर मतदाता तान्ने प्रयास गरेका छन्। विकास निर्माणमै आफूहरूको ध्यान केन्द्रित हुने उनीहरूको भनाइ छ।

निर्वाचन सामग्री जिल्ला पठाउन सुरु

निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनका लागि मतपत्र छपाइको काम सकेको छ। आयोगले उपनिर्वाचनका लागि आवश्यक पर्ने मतपत्र छपाइको काम सकेर ढुवानीको काम सुरु गरेको हो।

निर्वाचन : आत्मसमीक्षाको अवसर

नेपाल कम्युनिस्ट पार्टीको सरकार दिन÷प्रतिदिन नियन्त्रणकारी हुँदै गएको छ। सैनिक तानाशाही, एकदलीय वा निर्दलीय अधिनायकवादी सत्तालाई बिर्साउने गरी सरकार कानुन तर्जुमा गर्न प्रतिबद्ध देखिन्छ। यो सरकारले सबैभन्दा ठूलो वर्ग दुश्मन अभिव्यक्ति स्वतन्त्रतालाई देख्न लागेको छ।

उम्मेदवारहरुको यस्तो देखियो घरदैलो

कास्की -२ मा संघीय संसद सदस्यका लागि हुन लागेको उपनिर्वाचनलाई आफ्नो पक्षमा पार्न दलहरुले प्रचार अभियानलाई तिब्र पारेका छन्। उम्मेदवारहरु घर दैलो अभियानमा जुटेका छन्। यतिसम्मकी संसद उम्मेदवार मंसिरको चटारोमा धान काटिरहेका किसानको खेतमै पुगेर आफुलाई भोट दिन आग्रह गरिरहेका छन्।

‘उपनिर्वाचनमा सरकारविरूद्ध जनमत’

काण्ड नै काण्ड मच्चाउने वर्तमान सरकार अधिनायकवादतर्फ ढल्किँदै गएकाले हुन लागेको आसन्न उपनिर्वाचनमा सरकारविरूद्ध जनमत तयार गर्न आवश्यक रहेको नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्