९ आश्विन २०८१ बुधबार
image/svg+xml

राष्ट्रियसभा निर्वाचन तयारी पूरा

निर्वाचन आयोगले बिहीबार सम्पन्न हुने राष्ट्रियसभा निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा गरेको छ। राष्ट्रियसभाका एकतिहाइ सदस्यको लागि हुने मतदानका लागि आयोगले सम्पूर्ण तयारी पूरा गरेको हो।

यस्तो छ सभामुख निर्वाचनको तालिका

प्रतिनिधि सभाका सभामुखको लागि माघ १२ गते निर्वाचन हुने भएको छ। आज बसेको संसद बैठकमा जेष्ठ सदस्यको हैसियतामा महन्थ ठाकुरले अध्यक्षता ग्रहण गर्दै माघ १२ गते हुने सभामुख निर्वाचनको कार्यतालिका प्रकाशन गर्न निर्देशन दिए।

सभामुख निर्वाचन प्रक्रिया अघि बढ्ने

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुखको उम्मेदवार टुंगो लगाएसँगै प्रतिनिधिसभा बैठक सुरु भएको छ। नेकपाभित्र सभामुखको उम्मेदवार विवादले संसद् एक महिनादेखि अनिर्णयको बन्दी बनेको थियो।

राष्ट्रियसभा निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि सोमबार रातीबाट सुरु हुने मौन अवधिको पालना गर्न सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आग्रह गरेको छ।

राष्ट्रियसभाका उम्मेदवारलाई भोट माग्दै नेपाल सर्लाहीमा

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रियसभा निर्वाचनमा सूर्य र छाता चुनाव चिह्नबाट उठेका उम्मेदवारलाई भोट हाल्न नबिर्सन आग्रह गरेका छन्।

‘जाडो छ, पारिलो सूर्य ताप्नोस अनि गर्मी हुने वितिकै छाता ओड्न नबिर्सनोस्’

सत्ताधारी नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले राष्ट्रिय सभा निर्वाचनमा सूर्य र छाता चुनाव चिन्हबाट उठेका उम्मेदवारलाई भोट हाल्न नबिर्सन आग्रह गरेका छन्।

व्यक्तिगत चाहनालाई केन्द्रमा राखेर उम्मेदवार बनेको होइन : नारायणकाजी श्रेष्ठ

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो चाहनालाई केन्द्रबिन्दु बनाएर राष्ट्रिय सभामा उमेद्धवार नभएको बताएका छन्। आज गोरखा सदरमुकाममा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने ‘मलाई कुनै अध्यक्षले भनेर उमेद्ववारी दिएको हैन, पार्टीको निर्णय अनुसार अघि बढ्छु।’

त्रिविद्वारा स्ववियु निर्वाचनको तयारी गर्न निर्देशन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी गर्न मातहतका क्याम्पसलाई निर्देशन दिएको छ। विद्यार्थी कल्याण महाशाखा प्रमुख गङ्गाबहादुर थापाले आगामी फागुन १४ गते हुने स्ववियु निर्वाचनको तयारी गर्न त्रिविका ६२ आङ्गिक क्याम्पसलाई सोमबार पत्र पठाउँदै निर्देशन दिइएको जानकारी दिए।

प्रधानमन्त्रीसँग राजपाका नेताको भेट

राष्ट्रियसभाको निर्वाचनमा सहकार्य गर्न सहमति गरेका राष्ट्रिय जनता पार्टी नेपालका नेताहरूले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।

राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिमबाट  चारजनाको उम्मेदवारी

राष्ट्रिय सभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा चारजनाको उम्मेदवारी परेको छ। डोटी जिल्ला अदालतमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आईतबार चार जनाले उम्मेदवारी दिएका छन।

राष्ट्रिय सभा निर्वाचन : प्रदेश ५ मा ९ उम्मेदवार

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश नम्बर ५ बाट ९ जनाको उम्मेदवारी परेको छ। आईतवार दाङमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कांग्रेस, नेकपा,राष्ट्रिय जनमोर्चा र समाजवादी पार्टीका ९ उम्मेदवारले उम्मेदवारी दर्ता गरेको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख खुमप्रसाद सुवेदीले जानकारी दिए।

भागबन्डामा नेकपा उम्मेदवार, वामदेव र ईश्वरले पाएनन्

बिहीबार १६ जनाको नाम प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए। ती नाममा अन्य नेता सहमत हुन नसकेपछि शुक्रबार केही नाम थपघट गरेर सचिवालय बैठकले पास गरेको हो। नेता वामदेव गौतम र ईश्वर पोखरेलले भने भाग पाएनन्।

ओली र दाहाल आ–आफ्नै अडानमा

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले निर्णय गर्न नसक्दा सभामुख निर्वाचन धकेलिएको छ। नेकपाले सभामुखको उम्मेदवारबारे निर्णय लिन नसकेकै कारण बुधबारका लागि डाकिएको प्रतिनिधिसभा बैठक मंगलबारै सूचना टाँसेर करिब दुई साता पछाडि सारिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्