८ आश्विन २०८१ मंगलबार
image/svg+xml

शासकीय प्रणालीलाई समावेशी बनाउन जोड

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लैङ्गिक तथा समावेशिताका विषयमा कानूनीभन्दा पनि व्यावहारिक रुपमा समस्या रहेको बताएका छन्।

आयोगले जसपाका दुवै पक्ष बोलायो

जनता समाजवादी पार्टीको आधिकारिकताको विवादको विषयमा निर्वाचन आयोगले मंगलबार सहमतिकोलागि दुवै पक्षलाई बोलाएको छ। सहमति खोज्न मंगलबार जसपाको दुबै पक्षलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।

निर्वाचन कार्यतालिकाप्रति कांग्रेसको आपत्ति

संवैधानिक इजलासमा संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला त्यसलाई प्रभावित गर्न आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको टिप्पणी कांग्रेसको छ।

निर्वाचन कार्यतालिका सार्वजनिक

सर्वाेच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ अन्तिम चरणमा पुगेका बेला आयोगले कार्यतालिका सार्वजनिक गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सात अर्ब ७२ करोडको खर्च सहमति

सरकारले प्रतिनिधिसभा निर्वाचनका लागि सात अर्ब ७२ करोड ६३ लाख रूपैयाँ बराबरको बजेट उपलब्ध गराएको छ।

निर्वाचन आयोगको निर्णय उल्टियो

सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णय उल्टाउँदै रौतहट मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई कारबाही नगर्न, नगराउन मंगलबार अन्तरिम आदेश जारी गरेको छ।

कांग्रेसमा होला त नयाँ ध्रुवीकरण

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजयपछिको साढे तीन वर्षमा संगठन सुदृढीकरणभन्दा आन्तरिक किचलोमा अल्झिएका नेपाली कांग्रेसका नेताहरूको ध्यान पार्टीको १४औं महाधिवेशनमा केन्द्रित बन्न पुगेको छ।

उपेन्द्र यादवले भनेः महन्थले आयोगमा पठाएको कागजात किर्ते र जालसाजी

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरले २०७७ असार १ गते निर्वाचन आयोगमा पठाएको कागजात किर्ते, जालसाजी र नक्कली भएको बताएको छ।

माओवादी केन्द्रद्वारा निर्वाचन आयोगको ध्यानाकर्षण

नेता लीलामणि पोखरेलले एमाले प्रवेश गरेका माओवादी केन्द्रका नेतालाई पदमुक्त नगरिएको भन्दै आयोगको ध्यानाकर्षण गराएको जानकारी दिए।

आधिकारिकता माग्दै उपेन्द्र यादव निर्वाचन आयोग जाने

निर्वाचन आयोगको निर्णयविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने घोषणा गरेको जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष पार्टीको आधिकारिकताको माग गर्दै पुनः निर्वाचन आयोगमा निवेदन दिने भएको छ।

निर्वाचन अवधिमा आयुक्तहरुले कर्मचारी सरह भत्ता पाउने

मन्त्रिपरिषद्को बैठकले निर्वाचनको अवधि सुरु भएपछि आयोगका कर्मचारीहरू सरह पदाधिकारीहरूलाई पनि तथ सुविधा तथा भत्ता दिने निर्णय गरेको हो। मन्त्रीपरिषदको निर्णय अनुसार गृह मन्त्रालयले राजपत्रमा सूचना समेत प्रकाशन गरेको छ।

नेपाल र इजरायलका निर्वाचन आयोगबीचको सम्बन्ध विस्तार गरिने

दुई देशबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्षगाँठ मनाइरहँदा उनीहरुबीच भएको भेटमा आगामी दिनमा दुवै निकायबीच सहयोगका नयाँ क्षेत्रहरुको पहिचान गरी आपसी सहयोग आदान–प्रदान गर्ने विषयमा समेत छलफल भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

निर्वाचन आयोगविरुद्ध उपेन्द्र अदालत जाने

जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ।

राजनीतिक दलको विवादकाे आवेदन: अनिर्णयको बन्दी

निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादव समूहले एकअर्कामाथि गरेको कारबाही विधानसम्मत नदेखिएको भन्दै अभिलेखीकरणका लागि अस्वीकार गरेको छ।

आयोगको निर्णयले ठाकुरलाई राहत, उपेन्द्र आक्रोशित

निर्वाचन आयोगको फैसलाबाट आफैंले मागेको समयमा दस्तावेज बुझाउन नसकेर नयाँ पार्टी गठन गर्ने निष्कर्षमा पुगेको जसपा ठाकुर पक्षले राहत महसुस गरेको छ। यादव पक्ष भने भनेअनुसार दस्तावेज बुझाउँदा पनि फैसला आफू अनुकूल नआएपछि आक्रोशित बन्न पुगेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्