भड्किलो बन्दै चुनाव
दलको प्रचारप्रसार शैली, खानपान, दौडधूप, सवारीको ताँतीलगायत तडकभडक देख्दा निर्वाचन आयोगले तोकेको खर्च 'सिलिङ'ले एक छेउ पनि पुग्दैन।
दलको प्रचारप्रसार शैली, खानपान, दौडधूप, सवारीको ताँतीलगायत तडकभडक देख्दा निर्वाचन आयोगले तोकेको खर्च 'सिलिङ'ले एक छेउ पनि पुग्दैन।
धादिङका १४ जना चेपाङ बैशाख ३१ गते हुने स्थानीय तहको चुनावी मैदानमा उत्रिएका छन् । सिमान्तकृत चेपाङ समुदायबाट यत्तिधेरै व्यक्तिहरूले उम्मेदवार बन्ने अवसर पाएको यो पहिलो पटक हो । यस अघि भएको संविधान सभाको निर्वाचनमा २ जना समानुपातिक उम्मेदवार थिए ।
चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीसहितको संघीय गठबन्धनले आइतबार हुने पहिलो चरणको चुनावमा अवरोध नगर्ने नीति बनाएको छ । पहिलो चरणको चुनावमा अवरोध नहुने गरी गठबन्धनले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
२० वर्षपछि हुन लागेको स्थानीय चुनावमा प्रमुख पार्टीका उम्मेदवार पुरानै शैलीमा चुनाव प्रचारप्रसारमा खटिएका छन् ।
वैशाख ३१ गते हुने निर्वाचन प्रचार–प्रसारका लागि हेलिकप्टर प्रयोगमा पूर्ण रुपले प्रतिबन्ध लगाइएको छ। तर निर्वाचन आचार संहिता अटेर गर्दै राप्रपाका नेताहरु हेलिकप्टर चार्टर गरेर चुनावी सभा गर्न सोमबार धादिङको रुवीभ्याली पुगेका छन्।
स्थानीय तहको निर्वाचन गराउन मतदान कर्मचारी मंगलबार गाउँमा खटिएका छन्। मतपत्र, मतपेटिका लगायत निर्वाचनमा प्रयोग हुने ६४ प्रकारका सामग्री बोकेर उनीहरु तोकिएको केन्द्रमा खटिएका हुन् ।
दक्षिण कोरियामा नयाँ राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ। आफ्नो कार्यकाल नै सम्पन्न नभई पूर्व राष्ट्रपति पार्क गुन हेलाई भ्रष्टाचारमा संलग्न भएको भन्दै महाअभियोग लागेपछि उनी राष्ट्रपति पदबाट बर्खास्त भएकी थिइन्।
मनहरी गाउँपालिका वडा न. ३ कालिदमारस्थित कृष्णप्रसाद धितालको लिची बगैंचामा आइतबार दिउँसो २ बजे माओवादीको चुनावी भोज चलिरहेको थियो। करिब पाँच सय सर्वसाधारण भेला भएर खसी काटेर भोज गरिरहेका थिए।
निर्वाचन आयोगले तोकेको मापदण्डअनुसार खर्च गर्दा पनि १६ अर्ब ६८ करोड ४१ लाख ४० हजार रुपैयाँ नाघ्ने।
माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले संविधान संशोधनको इमानदार प्रयासले मधेसी मोर्चा दोस्रो चरणको चुनावमा भाग लिने वताबरण बन्दै गएको बताएका छन्।
स्थानीय तहको निर्वाचनको समय नजिकिदै गर्दा जुम्लाका राजनीतिक दलका उम्मेदवारले खेलकुदको क्षेत्रमा आफ्नो एजेण्डा सार्वजनिक गरेका छन् । उनीहरूले गाउँपालिका र नगरपालिका क्षेत्र स्तरका खेलकुदका संभावनालाई दृष्टिगत गर्दै एजेण्डा सार्वजनिक गरेका छन् । स्थानीय तहको निर्वाचनका लागि बनेका घोषणा पत्रमा खेलकुदलाई प्रथामिकतामा पारेका हुन । मुख्य तिन दल, नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका उम्मेदवारले खेलकुदको विकास गरी खेलकुद पर्यटनलाई अघि बढाउने प्रतिबद्धता गरेका हुन ।
नवलपरासीमा स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा विभिन्न दलका नेता तथा कार्यकर्ताले निर्वाचन आचारसंहिता मिच्दै प्रचारलाई तीव्रता दिएका छन् ।
वैशाख ३१ का लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि तीव्र गतिमा तयारी गरिरहेका जिल्लाका राजनीतिक दलको चुनावी गतिविधि निर्वाचन मिति पछि धकेलिएपछि सुस्त देखिएको छ । उम्मेद्वारको सूची अन्तिम चरणमा पुर्याउने बेला निर्वाचन नै १ महिनापछिलाई सरेपछि दलहरूको गतिमा ‘बे्रक’ लागेको हो ।
भक्तपुरको चाँगुनारायण नगरपालिकाका मेयरका उम्मेदवारले आफूहरू विजयी भए नगरलाई नमुनाका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिर रहेको नगरपालिका क्षेत्रलाई नमुना नगरपालिकाका रूपमा विकास गर्ने प्रतिबद्धता उनीहरूले जनाएका हुन्।
कामका लागि आउने सेवाग्राही र सेवा दिने कर्मचारी दुवैलाई चुनाव लागेका कारण मुलुकको केन्द्रीय प्रशासन चलाउने सिंहदरबार परिसर सुनसान।