डेनमार्कको स्थानीय चुनावमा नेपाली मुलका उम्मेदवार
आगामी नोभेम्बर २१ तारिखमा हुने डेनमार्कको स्थानीय चुनावमा नेपाली युवा हरि न्यौपानेले कोपनहेगन वडानम्बर ६ विस्पेबिया क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन्।
आगामी नोभेम्बर २१ तारिखमा हुने डेनमार्कको स्थानीय चुनावमा नेपाली युवा हरि न्यौपानेले कोपनहेगन वडानम्बर ६ विस्पेबिया क्षेत्रबाट उम्मेदवारी दर्ता गरेका छन्।
पार्टीको टिकट बाँड्ने समितिमै बसेर पनि नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले चुनाव महंगो भएको भन्दै चुनावी मैदानमा जान नसकेको सार्वजनिक वयान दिंदै आएका छन् । प्रत्यक्ष तर्फको चुनाव महंगो हुने नै भयो तर ज्ञवाली समानुपातिक तर्फको सूचीमा पनि छैनन् ।
मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनेका चर्चित नेतामध्ये केही यस्ता पनि छन्, जसले पहिलोपटक प्रत्यक्षतर्फ प्रतिस्पर्धा गर्दैछन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले एकथरि मान्छे प्रयोग गरेर निर्वाचन भाँड्न खोजेको आरोप लगाएका छन्। पेशागत महासंघ नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको बृहत् वनभोज तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले चुनाव भाड्ने षडयन्त्र अझै पनि भइरहेको बताए।
जाजरकोटको इतिहासमा कसैले पनि संसदको निर्वाचनमा ५९ वर्षदेखि दोहोर्याएर चुनाव जितेका छैनन्। तर यस पटकको प्रतिनिधि सभा निर्वाचनमा भने यो इतिहास तोडिने निश्चित भएको छ।
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज पाँचथरसहित पूर्वका तीन जिल्लाको चुनावी आमसभालाई सम्बोधन गर्दैछन्। प्रधानमन्त्री देउवाले पाँचथरको फिदिम नगरपालिकामा रहेको लब्रेकुटीमा फाल्गुनन्दको १३३ औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै छन्।
नेपाली कांग्रेसले सप्तरीको एक विद्यालय प्रांगणमा चुनावी सभा तथा भोज गरेको छ। कांग्रेस निर्वाचन क्षेत्र नम्बर दुईले जिल्लाको पश्चिमी भेगका दुई विद्यालयहरुमा ‘विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’को आयोजना गरेको हो। निर्वाचन आचार संहिताले विद्यालयमा चुनावी सभालाई प्रतिवन्धित गरेको छ । यद्यपी वर्तमान सरकारका पर्यटनमन्त्री जीतेन्द्रनारायण देवको समेतको उपस्थितीमा उक्त चुनावी सभाहरु आयोजना भएका हुन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु देउवा राणा नेपाली कांग्रेसबाट चुनावी मैदानमा छन्। पहिलो पटक प्रत्यक्ष निर्वाचन लड्न लागेकी आरजुले दोश्रो संविधान सभामा प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचन लडेको यो क्षेत्र रोजेकी हुन्।
नेकपा एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा २७ सदस्यीय केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ ।
वामगठबन्धनका तर्फबाट प्रदेश सभा क्षेत्र नम्बर (ख)का उम्मेदवार पदमबहादुर रोकाया २०७० सालको संविधान सभा सदस्य निर्वाचनका उम्मेदवार थिए । उतिबेला उनले दलबलका साथ चुनावी प्रचार अभियान थाले ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुराबाट छैटौंपटक चुनावी प्रतिस्पर्धामा छन् । उनकी पत्नी आरजु राणा देउवा पहिलोपटक कैलाली–५ बाट चुनाव लडेकी छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संयुक्त चुनावी अभियान थाल्ने भएका छन् ।
कमलु सदाको परिवार अझै पनि त्यो कहालीलाग्दो दिन सम्झेर भक्कानिन्छ । कोइलाडीको सिंगो मुसहरी टोल ९मुसहर बस्ती० ले नै साउन २९ लाई कालो दिनका रुपमा सम्झिन्छ । ‘त्यो दिन बाढीको रुपमा काल नै आएको थियो’, विमली सदा भन्छिन्, ‘त्यही बाढीले मेरो छोरा ९कमलु० लाई खायो । ९ महिना कोखमा राखेर जन्माएको छोराको सदगत गर्नसमेत सकिएन ।’
ऐन जारी भइसकेको स्वास्थ्य बिमालाई लागू गर्ने, गाउँगाउँमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने गरी ठूला अस्पताल स्थापनाको साझा अवधारणासहित ठूला राजनीतिक दलले आगामी केन्द्र तथा प्रदेश तहको निर्वाचनका लागि घोषणापत्रमा पारेका छन्।
नेपाली काँग्रेसको समानुपातिक सूचीमा मधेसी आरक्षणबाट उम्मेदवार रहेका व्यापारी विनोद चौधरी निर्वाचन परिचालन समितिमा मनोनित भएका छन्। पार्टीले गठन गरेको ७५ सदस्यीय चुनाब प्रचार तथा परिचालन समितिमा उनी परेका हुन्।