११ मंसिर २०८१ मंगलबार
image/svg+xml

कुटपीटबाट घाइते भएका बीसे कामीको मृत्यु

कुटपीटबाट गम्भीर घाइते भएका गौमुल गाउँपालिका– ४ का बीसे कामीको उपचारका क्रममा मृत्यु भएको छ। गएको चैत्र २ गते स्थानीयको कुटाइबाट गम्भीर घाइते बनेका कामीको उपचारका क्रममा जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा भदौ ५ गते राती मृत्यु भएको हो।

खोलाले बगाउँदा किशोरीको ज्यान गयाे

बैतडीकाे पुर्चौडी नगरपालिका ७, ऐराडीका सुरेन्द्र बिष्टकी १३ वर्षीया छोरी रिनाको खोला तर्ने क्रममा बगेर मृत्यु भएको छ।

करेन्ट लागेर १ जनाको मृत्यु, दुई घाइते

लिखु गाउँपालिका वडा नम्बर १ ढिकुरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।

बस र ट्रक ठक्कर खाँदा एकको मृत्यु

नारायणगढ मुग्लिन सडकखण्डको खहरेखोलामा आज दिउँसो बस र ट्रक एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्।

दुई बालिकाको मृत्यु

कञ्चनपुरको पुनर्वास नगरपालिका–१० विकास बस्तीका दुई जना बालिकाको माछा मार्ने क्रममा आज दोदा नदीमा डुबेर मृत्यु भएको छ।  मृत्यु हुनेमा १४ वर्षीया अञ्जली चौधरी र १० वर्षीया माला राना रहेका छन्। साथीसँगै माछा मार्न गएका दुवै बालिकाको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए।

दाङमा बस पल्टिँदा एकजनाको मृत्यु

दाङमा मंगलवार बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगर १४ खौसापुरदेखि घोराहीतर्फ आउँदै गरेको रा १ ख ८१७ नम्बरको बस पनेरनी खोलामा पल्टिँदा बसमा सवार भारतको शिवहरी बस्ने अन्दाजी ३० बर्षका हरिकिशोर गुप्ताको च्यापिएर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

करेन्ट लाग्दा एकको मृत्यु

घरमा विद्युत जोड्नेक्रममा करेन्ट लाग्दा खोटाङमा एकको मृत्यु भएको छ। लघु जलबिद्युत आयोजनाको बिद्युत जोड्नका लागि तार टाँग्नेक्रममा करेन्ट लाग्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित साब्रुका ३१ वर्षीय पुर्णकुमार गुरुङको सोमबार मृत्यु भएको हो।

सर्पको टोकाईबाट रामपुरमा बालकको मृत्यु

पाल्पाको रामपुर नगरपालिका–१०, मा सर्पको टोकाईबाट सात बर्षीय बालकको मृत्यु भएको छ।  घरमा सुतिरहेको समयमा सर्पले टोकेर ओमबहादुर कुमालका छोरा कृष्ण कुमालको मृत्यू भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

खोलाले बगाउँदा सिन्धुपाल्चोकमा दुईको ज्यान गयाे

छुट्टाछुट्टै घटनामा खोलाले बगाएर सिन्धुपाल्चोकमा बिहीबार दुईको मृत्यु भएको छ। खोला तर्ने क्रममा भएका घटनामा दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

ढुंगाले लागेर महिलाको मृत्यु

मुड्केजुला गाउँपालिकामा एक महिलाको ढुँगाले लागेर मृत्यु भएको छ। मुड्केचुला गाउँपालिका–८ कि ४० वर्षीया राजु रोकायको ढुँगा लागेर बिहीवार बिहान मृत्यु भएको हो।

निष्ठूरी अामाले सेफ्टी टयाङ्कीमा फ्याँकेकी बालिकाको मृत्यु

ताप्लेजुङमा ९६ घण्टासम्म सेफ्टी ट्याङ्कीमा रही ज्युँदै उद्धार गरिएकी करिब १ वर्षीया बालिकाको मृत्यु भएको छ।

कुवेतमा एक नेपालीको मृत्यु

वैदेशिक रोजगारीका सिलसिलामा कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । खोटाङको दिक्तेलरूपाकोट मझुवागढी नगरपालिका–२, सोल्माका नीरबहादुर राईको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्