नुवाकोट – लिखु गाउँपालिका वडा नम्बर १ ढिकुरेमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। अन्य दुई जना घाइते भएका छन्।
मृत्यु हुनेमा ढिकुरेकी २८ वर्षीया तुलसा अधिकारी रहेकी छिन्। घाइते हुनेहरूमा बेलकोटगढि नगरपालिका– १२ मदानपुरकी सदिक्षा पौडेल र लिखु गाउँपालिका–१ ढिकुरेका लाल प्रसाद लामिछाने रहेका छन्।
घाइते हुने पौडेल र लामिछानेको विदुरमा रहेको सिटी अस्पतालमा उपचार हुन नसकेपछि काठमाडाैं पठाइएको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख बसन्तबहादुर कुवरले जानाकरी दिए। ढिकुरेस्थित ३३ हजार के.बि.को प्रशारण लाइनको पोल कोल्टिएर तार झोलिएको थियो।
करेन्ट प्रवाह भइरहेको झोलिएको तारमा छुन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। विद्युतीय तार झोलिएकोबारे प्राधिकरणलाई जानकारी दिँदा समेत कुनै सुनुवाई नभएको स्थानीयले बताएका छन्। पीडित भएकालाई क्षतीपुर्तीको माग गर्दै स्थानीयले यातायात सञ्चालनमा रोक लगाएका छन्।
प्रकाशित: ७ भाद्र २०७५ ०५:४२ बिहीबार