८ आश्विन २०८१ मंगलबार
image/svg+xml

स्थानीय निर्वाचनमा उम्मेदवार बनेकालाई तीन अर्ब भन्दा बढी जरिवाना

गत वैशाख ३० मा सम्पन्न स्थानीय तह सदस्य निर्वाचन–२०७९ मा बागमती प्रदेशका स्थानीय तहहरूमा उम्मेदवारी दिएर खर्च विवरण नबुझाएकालाई निर्वाचन आयोगले तीन अर्ब ७५ करोड ८१ लाख जरिवाना तोकेको छ।

पुरानै जनगणनाका आधारमा समानुपातिक उम्मेदवार

संविधानले जनसंख्याका आधारमा समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गराउने व्यवस्था गरे पनि पुरानै जनसंख्याका आधारमा दलहरूले उम्मेदवारको बन्दसूची बुझाएका छन्।

४८ दलले दर्ता गराए समानुपातिक उम्मेदवारको बन्दसूची

आगामी मंसिर ४ मा हुने चुनावका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने समय आज (मंगलबार) बिहान ५ बजे सकिएको छ।

दलहरुले बुझाए बन्द सूची

नेपाली कांग्रेसले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिकतर्फको सूची निर्वाचन आयोगलाई बुझाएको छ। नेकपा एमालेले यसपटक संघीय संसदमा समानुपातिकतर्फ नयाँ र युवा अनुहारहरूलाई समेटेको छ। नेकपा माओवादी केन्द्रले सोमबार समानुपातिक उम्मेदवारको सूची निर्वाचन आयोगलाई बुझाएको छ।

नेकपा एस र जसपाले समानुपातिकतर्फको बन्दसूची निर्वाचन आयोगमा बुझायो

‘संविधान र कानुनको परिभाषा भित्र रहेर समानुपातिकतर्फको उम्मेदवारी दिएका छौं।’

निर्वाचनमा मेरो जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गर्नु हुँदैनः प्रेम आले

'स्थानीय निर्वाचन हुनुभन्दा अगाडि काठमाडौँको मेयर बालेनको मत कति थियो? स्वतन्त्र रुपमा निर्वाचित हुनुभयो। उहाँको मत कति थियो? उहाँको कुनै मत नै थिएन। त्यसलाई स्थानीय निर्वाचनलाई आधार मानेर दलहरुले विद्रोहको प्रयास गरिराखेका छन्। यसप्रति हाम्रो एकदमै ध्यानाकर्षण भएको छ।’

निर्वाचन समानुपातिकतर्फको बन्दसूची आजै बुझाउन राजनीतिक दललाई आग्रह

‘विगतको अनुभवलाई हेर्दा त भोली बिहान पनि आजै भइरहने हो कि भन्ने अवस्था हामीले महसुुस गरिराखेका छौं। तर, हामी हाम्रो सम्पूर्ण स्रोत, साधन क्षमताले यो चाँहि लोकतन्त्रलाई सुदृढिकरण गर्ने निर्वाचनको यो अभियानमा आयोगको तर्फबाट हामी कुनै पनि कमी हुँन दिँदैनौं। आयोग परिसर छिरेका सबै राजनीतिक दलहरुले यही बसेर सबै काम नसकुन्जेलसम्म हाम्रो टिम परिचालन हुन्छ। हामीले आज यति बजेभित्र भनेर तोकिसकेका छैनौं। तैपनि सामान्यतयाः पाँच बजेभित्र उहाँहरुले आइपुगेर सो सबै काम थालेर आजहुँदै सकिदिए हुन्थ्यो भन्ने हाम्रो भनाइ छ।’

'अबको यात्रा आर्थिक समृद्धि'

जनताका आधारभूत हकअधिकारको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतिसँग आबद्ध गरी लोकतन्त्रका लाभ आम नागरिकको पहुँचमा पुग्नेगरी वितरण गर्नेतर्फ लाग्नुपर्नेमा उनले जोड दिए।

पहिलो दिन दुई दलले मात्रै बुझाए समानुपातिक बन्दसूची,आज अन्य दलले बुझाउने

आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउनका लागि निर्वाचन आयोगले तोकेको समय आज सकिँदै छ।

नुवाकोटका एक हजार आठ सय ६१ उम्मेदवार कारवाहीमा

तोकिएका समयमा निर्वाचन खर्च विवरण बुझाउने उम्मेदवार जिल्लामा तीन सय १२ जना मात्र रहेको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए।

ताप्लेजुङमा सबैभन्दा कम मतदाता याङ्मा र सबैभन्दा बढी हाङ्पाङमा

जिल्ला निर्वाचन कार्यालयका अनुसार सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा कायम भएका छन्। १७ हजार ३ सय ३२ मतदाता कायम भएका छन्। फुङलिङमा २० वटा मतदान केन्द्र रहने छन्।

निर्वाचन प्रक्रिया आजबाट सुरु,आज र भोलि समानुपातिक सूची बुझाइँदै

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ।

निर्वाचन आयोगले जिल्लामा पठायो अस्थायी मतदाता कार्यविधि

प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने भएका छन्।

डन उम्मेदवारहरु देख्दा जनता डराए: प्रेम सुवाल

ती नै डनहरुले पैसाको बलमा अब पनि चुनाव जितेर आउनेछन्, उनले दुःख व्यक्त गर्दै भने, यो जति दुर्भाग्य हाम्रो लागि अरु के होला? नेपालको राजनीति जटिल मोडमा पुगेको भन्दै उनले नागरिकता विधेयकलाई राष्ट्रपतिले जुनै हालतमा पनि रोक्नुपर्ने बताए।

सत्तापक्षबाट लतारिएर नचल्न ओलीले गराए निर्वाचन आयोगलाई सजग

‘सरकारको बारेमा त मैले केही भन्नु पर्दैन। मंसीर ४ गते जनताले सरकारलाई जवाफ दिनेछन्। गठबन्धनलाई जवाफ दिनेछन्। अरु निकायहरु जसलाई जनताले त्यसरी जवाफ दिन मिल्दैन।'

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्