८ आश्विन २०८१ मंगलबार
image/svg+xml

निर्वाचन आयोगको निर्देशन अवज्ञा गर्ने डा. केसीको चेतावनी

एक विज्ञप्ति जारी गर्दै उनले आयोगलाई आत्मालोचना सहित उक्त निर्देशन तत्काल फिर्ता लिन आग्रह गरेका छन्।

लैङ्गिक हिंसा र विभेदविरूद्ध शून्य सहनशीलता अपनाउने नीति

निर्वाचनको अवधिमा हुने लैङ्गिकतामा आधारित हिंसा न्यूनीकरणका लागि सबै वर्ग, क्षेत्र, जातजाति, समुदाय र आर्थिक, सामाजिक हैसियतका कारण पछाडि परेका महिलाको संरक्षण, विकास, सशक्तीकरण, अवसर र पहुँचको निमित्त आयोग क्रियाशील रहने सो नीतिमा उल्लेख छ।

खेतबारीमै मतदातालाई भेट्दै उम्मेदवार

उनीहरूको जिन्दगी त्यही कालीगण्डकीको बालुवामा नै अडिएको छ। 'हामीले बालुवा झिक्दा प्रहरी प्रशासनले अवरोध गर्ने, दुःख दिने काम गर्छ', स्थानीय प्रमिला जिसीले भनिन्, 'हाम्रो बाँच्ने आधार भनेकै बालुवा हो, अरुले जस्तो मेसिन लाउँदैनौँ, हातले बालुवा झिक्दा पनि गरी खान दिँदैनन्। हाम्रो समस्या समाधान गर्नेलाई भोट हाल्छौँ।'

देउसी खेल्दै भोट माग्दै उम्मेदवार

'घरदैलो अभियानलाई निरन्तरता दिइरहेका छौँ', उनले भने, 'तिहारको समयमा देउसीभैलोको रौनकता छ, हाम्रा उम्मेदवारले पनि देउसीभैलोमा सहभागी भएर मत दिन आग्रह गरिरहनुभएको छ',

प्रतिनिधिसभाको समानुपातिकतर्फ २२ सय उम्मेदवार

प्रदेशसभा सदस्य निर्वाचनतर्फ प्रदेश नं १ का लागि छ सय १६, मधेसका लागि आठ सय ६३, बागमतीका सात सय ५४, गण्डकीका लागि तीन सय ४४, लुम्बिनीका पाँच सय ७९, कर्णालीका लागि दुई सय र सुदूरपश्चिम प्रदेशका लागि तीन सय ५२ उम्मेदवार छन्।

बन्दसूचीबाट हटाइएका ५ सय ५० को नामावली सार्वजनिक

उक्त प्रणालीतर्फ छ हजार चारसय ५७ जना उम्मेदवार रहेकामध्ये निर्वाचन कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम तोकिएको जरिवाना नबुझाउने तीन सय ६९, उम्मेदवारका सम्बन्धमा परेको दाबी विरोध उपर जाँचबुझबाट गरी पाँच सय ४८ र समानुपातिक निर्वाचन प्रणालीतर्फको मुख्य निर्वाचन अधिकृतको कार्यालयको निर्णयबाट लाभको पदमा बहाल रहेका एक र कालोसूचीमा रहेका एक गरी कूल पाँच सय ५० व्यक्तिको नाम सम्बन्धित दलले पेस गरेको बन्दसूचीबाट हटाइएको छ।

गठबन्धनलाई नेतृत्व दिन जनता चाहँदैनन्ः विष्णु पौडेल

सत्तारुढ गठबन्धनको कामकारबाहीलाई हेरेर आम मतदाताले उनीहरुलाई अब सरकारको नेतृत्व दिन सकिँदैन भन्ने अनुभुति भएको पनि उपाध्यक्ष पौडेलले पटकपटक दोहार्‍याए। अन्य सहयात्री दलहरुको पनि सहयोगमा एमालेले सुविधाजनक बहुमतसहितको सरकार बनाउने र आगामी पाँच वर्ष मुलुक हाँक्ने उनको भनाइ थियो।

काठमाडौँ-१ मा २१ राजनीतिक दल चुनावमा भाग लिँदै

यस निर्वाचन क्षेत्रमा काठमाडौँ महानगरका १०, ११, २९ र ३१ वडा समेटिएका छन्। प्रदेशसभा ‘क’तर्फ काठमाडौँ महानगरका १०, ११ र २९ वडा तथा प्रदेशसभा ‘ख’मा काठमाडौँ महानगरको ३१ वडा समेटिएको छ।

उत्कृष्ट चुनावी टिकटकलाई ५० हजार

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि उत्कृष्ट टिकटक भिडिओ बनाउनेलाई पुरस्कृत गर्ने भएको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मतपत्रको पृष्ठभूमि रङ सेतो हुने

आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतपत्रको पृष्ठभूमि रङ सेतो रहेको निर्वाचन आयोगले जनाएको छ।

आलोचनापछि निर्वाचन शिक्षा गीत हटाइयो

निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि तयार पारेको गीत रिलिज भएको २४ घन्टा नबित्दै सामाजिक सञ्जालबाट हटाएको छ।

दुई दर्जन निर्वाचन क्षेत्रमा पुरानै प्रतिस्पर्धी

०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरेका नेताहरू मंसिरमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि भिड्दैछन्। दुई दर्जनभन्दा बढी क्षेत्रमा पुरानै अनुहार दोहोरिएका हुन्।

एमालेले नव प्रवेशीलाई प्राथमिकता दिएपछि पुराना नेता असन्तुष्ट

कपिलवस्तुमा आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एमाले)ले पार्टीमा नव प्रवेशीहरुलाई प्राथमिकता दिएको छ। एमाले कपिलवस्तुबाट टिकट पाएका मध्ये अधिकांश उम्मेदवार अरु पार्टीबाट आएकाहरु रहेका छन्।

डा. स्वर्णिम वाग्लेले किन अस्वीकार गरेँ एमालेबाट चुनाव लड्ने प्रस्ताव?

'काठमाडौँ ७ बाट चुनाव लडनुस्, हामी सहयोग गर्छौं, त्यहाँ काँग्रेसको उम्मेदवार पनि छैन, नेकपा एमालेले तपाईलाई सहयोग गर्छ, तपाई शतप्रतिशत सांसद बन्न सक्नुहुन्छ भन्ने अफर थियो। रवि लामिछानको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि २३ गते साढे ३ बजेसम्म कुर्नुभएको थियो। कुनै पार्टीले आफूले मागेको बेलामा टिकट दिएन भनेर त्यस्तो रियाक्शन गरेँ भने परिपक्व राजनीति गर्न सक्नुहुन्न। मेरो तीन पुस्ते काँग्रेस नै हो।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्