७ आश्विन २०८१ सोमबार
image/svg+xml

वीरगन्जमा उत्साहपूर्ण मतदान हुँदै

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ अन्तर्गतको पहिलो निर्वाचनको लागि पर्साका सबै एक सय ६७ वटा मतदानस्थलका ३ सय ५१ मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सुरु भएको छ । बिहीबार बिहानदेखि सबै मतदानस्थलहरुमा उत्साहपूर्वक मतदान भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

राजपाका ठाकुर र महतोले मतदान गर्न पाएनन्

सर्लाही निवासी राजपाका दुई शीर्ष नेताहरुले प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनमा मतदान गर्न पाएनन् । राजपा अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर एवं सदस्य राजेन्द्र महतोले मतदान गर्न नपाएका हुन् ।

सर्लाहीमा शान्तिपूर्ण मतदान जारी

प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनअन्तर्गत सर्लाहीमा बिहीबार बिहानैदेखि शान्तिपूर्ण रुपले मतदान भइरहेको छ । ३१८ मतदान स्थलअन्तर्गत ५१६ मतदान केन्द्रमा शान्तिपूर्ण रुपले मतदान कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवालले जानकारी दिए ।

शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् ।

सुर्खेतका सबै उम्मेदवारले गरे मतदान

प्रतिनिधिसभा तथा प्रदेशसभाको दोस्रो निर्वाचन अन्र्तगत सुर्खेतमा मतदान सुरु भएको छ । नेपाली कांग्रेस र बाम गठवन्धनका सबै उम्मेदवारहरुले आ–आफ्नो मतदान केन्द्रबाट मतदान गरेका छन् ।

प्रतिकूल मौसमकाबीच बर्दियामा मतदान सुरु

प्रतिकूल मौसमबीच लामबद्ध भएका मतदाताले बिहानैदेखि मतदान गर्न सुरु गरेका छन् । केही ठाउँमा सिमसिमे पानीका कारण निर्धारित समयभन्दा केही ढिला मतदान सुरु भएको छ ।

मतदानपछि नेम्बाङले भने- 'खुसी व्यक्त गर्ने शब्द छैन'

पूर्वसभामुख तथा इलाम क्षेत्र २ का प्रतिनिधिसभाका उम्मेदवार सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभामा मतदान गरेपछि आफूलाई नयाँ संविधान बनेयता सबैभन्दा हर्ष लागेको बताएका छन् । उनले ४५ जिल्लामा उत्साहपूर्ण रूपले मतदान सुरु हुनु संविधान कार्यान्वयनको अभिन्न पाटो भएको भन्दै अब संविधान कार्यान्वयन पूर्णतातिर गएको बताए ।

महोत्तरीमा मतदान सुरु, तस्बिर खिच्न अवरोध

चार जना प्रतिनिधि सभा र ८ जना प्रदेश सभा सदस्य चयन गर्नका लागि महोत्तरीको २ सय ५८ मतदान स्थलमा रहेको ४ सय २६ मतदान केन्द्रमा मतदान प्रक्रिया सुरु भएको छ ।

भक्तपुरमा शान्तिपूर्ण र उत्साहजनक मतदान (भिडियो)

भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली विहान ११ बजे मतदान गर्ने कार्यक्रम छ । नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेले १० बजे विद्यार्थी निकेतन मावि मतदान केन्द्रमा मतदान गर्ने कार्यक्रम छ । पूर्वमन्त्री महेश बस्नेतले गुण्डुस्थित भैरवी निमावि मतदान केन्द्रबाट मतदान गर्नेछन् ।

मतदानपछि दाहालले भने– ‘अब राजनीति र संघर्षको हैन, विकास र सम्वृद्धिको यात्रा सुरु भयो’

दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अघि बिहान माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले चितवन क्षेत्र नं. ३ अन्तर्गत रहेको भरतपुर महाननगरपालिका वडा नं. १४ शिवनगरको शान्तिपुर स्कुलमा मतदान गरेका छन् । दाहाल सो क्षेत्रको उम्मेदवार पनि हुन् ।

रामचन्द्र पौडेलद्वारा तनहुँमा मतदान

नेपाली कांग्रेसका वरिष्ठ नेता एवं तनहुँ क्षेत्र नम्बर १ का उम्मेदवार रामचन्द्र पौडेलले दमौलीस्थित सत्यवती माविको मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गरेका छन् ।

गुल्मीका सबै मतदान केन्द्रमा मतदान सुरु

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि गुल्मीमा मतदान सुरु भएको छ । जिल्लाका सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको हो ।

तुल्सिपुर विद्यापिठ मतदान केन्द्रमा शंकर पोखरेलले गरे मतदान

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ अन्तर्गत जनता विद्यापिठ बुथमा मतदान कार्य सुरु भएको छ । उक्त मतदान केन्द्रमा नेकपा एमालेका नेता तथा पाँच नम्बर प्रदेशका मुख्य मन्त्रीका प्रस्तावित उम्मेदवार शंकर पोखरेलले पहिलो मतदान गरेका छन् ।

सिरहामा उत्साहपूर्ण मतदान [फोटो-भिडियो]

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन बिहीबार बिहान ७ बजेदेखि सुरु भएको छ । सिरहाकाको चारवटै निर्वाचन क्षेत्रहरुको मतदान केन्द्रमा बिहानैदेखि मतदाताहरु लाइन लागेका छन् । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्नको लागि चिसो मौसम भए पनि बिहानैदेखि मतदाताहरु उत्साहका साथ घरबाट मतदान केन्द्र जाँदै छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्