७ आश्विन २०८१ सोमबार
image/svg+xml

इलाममा उत्साहपूर्ण मतदान [फोटो फिचर]

इलाममा उत्साहपूर्ण रूपले मतदान सुरु भएको छ । बिहीबार बिहान ७ बजे नै जिल्लाका मतदान केन्द्रहरूमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दोस्रो चरणअन्तर्गत ४५ जिल्लामा मतदान सुरु

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको मतदान सुरु भएको छ। संघीय संरचनाअनुसार यो चुनाव ४५ जिल्लामा हुँदैछ। निर्वाचन आयोगले मतदानका लागि सहभागी हुन सबै मतदातालाई आह्वान गरेको छ । मतदान बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ ।

मतदाताहरु झिसमिसेमै मतदान केन्द्रमा

दोस्रो चरणअन्तर्गत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको आज हुने मतदानका लागि मतदाताहरु झिसमिसेमै मतकेन्द्रमा लामबद्ध हुन सुरु गरेका छन् ।

कुन नेता कहाँबाट मतदान गर्दै ?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रमुख दलका शीर्ष नेताहरूले विभिन्न ठाउँबाट मतदान गर्दैछन् । अधिकांश नेताहरूले बिहान मतदान गर्ने समय तय गरेका छन् ।

१५ हजार ३ सय ४४ मतदान केन्द्र

४५ जिल्लामा बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा १५ हजार ३ सय ४४ मतदान केन्द्र रहेका छन् । यी केन्द्रमा भोट हाल्ने मतदाताको संख्या एक करोड २२ लाख ३५ हजार ९ सय ३५ छ ।

४५ जिल्लामा आज मतदान

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको बिहीबार निर्वाचन चुनाव हुँदैछ । संघीय संरचनाअनुसार यो चुनाव ४५ जिल्लामा हुँदैछ । निर्वाचन आयोगले मतदानका लागि सहभागी हुन सबै मतदातालाई आह्वान गरेको छ । मतदान बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म हुनेछ ।

ढुक्क भएर मतदान गर्न गृह मन्त्रालयको आग्रह

प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सबै सुरक्षा व्यवस्था पूरा भएको गृह मन्त्रालयले जनाएको छ । सुरक्षा व्यवस्थापन कडा भएकाले निर्धक्क भएर भोट हाल्न गृह मन्त्रालयले आग्रह गरेको छ । गृह सचिव मोहन सापकोटाले बुधवार पत्रकार सम्मेलन गरि निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको जानकारी दिए ।

निर्धक्क भई मतदान गर्न निर्वाचन आयोगको आह्वान

दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा  निर्वाचनका लागि निर्वाचन आयोगलेआवश्यक सबै व्यवस्थापकीय कार्य पूरा भएको जनाएको छ। आयोगको हातामा आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले भोलि बिहान ७ः०० देखि ५ः०० बजेसम्म निर्धक्क भई मतदान गर्न आम मतदातालाई आह्वान गरे।

महिला कर्मचारीको नेतृत्वमा मतदान केन्द्र

तौलिहवास्थित बालमन्दिर भवनको मतदान केन्द्र महिलाहरुको नेतृत्वको जिम्मेवारीमा सुम्पिएको छ।  उक्त मतदान केन्द्रमा आठ जना महिला कर्मचारी रहेका छन्।

ढुक्क भएर मतदान गर्न प्रधानमन्त्री देउवाद्वारा आह्वान

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले निर्वाचनमा सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गरेका छन्।  प्रधानमन्त्री देउवाले बुधबार एक विज्ञप्ति जारी गरी लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गरेका हुन्।

प्रलोभनमा नपरी मतदान गर्न अपिल

नेपाल मतदाता अधिकार मञ्चले मतदाताको मतलाई कुनै पनि मूल्यमा प्रभावित नभई भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।

यसरी गरियो मतदान अधिकृतलाई सम्मान (भिडियो)

शान्त र भयरहित वातावरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न गराएका मतदान अधिकृतहरुलाई मंगलबार सम्मान गरिएको छ। सिन्धुपाल्चोकमा पहिलो चरणमा मंसिर १० मत मतदान भएको थियो।

मतदानस्थल पुगे कर्मचारी, मतदाता परिचयपत्र धमाधम वितरण

चितवनका सवै मतदान स्थलहरुमा कर्मचारीहरु पुगी सकेका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले सोमबार साँझसम्म सवै केन्द्रमा कर्मचारीहरु पुगेको जानकारी दिए। ‘सुरक्षा प्रवन्धसहित मतदान केन्द्रहरुमा कर्मचारीहरु पुगेका छन्। उनीहरुले आफ्ना कामहरु सम्पन्न गर्न कुनै कठिनाइ छैन’ प्रमुख जिल्ला अधिकारी भट्टले भने।

मतदानस्थलमै सिकाइन्छ मत हाल्ने तरिका

के तपाई निर्वाचनमा मत हाल्ने तरिकाबारे स्पष्ट हुनुहुन्छ? हुनुहुन्न भने चिन्ता नगर्नुस्, तपाईलाई मतदानस्थलमा पनि मत संकेत गर्ने तरिका सिकाउने व्यवस्था छ।

सुरक्षाकर्मी र निर्वाचन सामग्री मतदानस्थल पुग्दै

दुई दिनपछि हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि आवश्यक चुनावी सामग्री र सुरक्षा जनशक्ति जिल्लाका सबै मतदानस्थलमा पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरिका ९८ मतदान केन्द्रका २ सय ३३ स्थानमा चुनावका लागि चाहिने सबै सामग्री सम्बन्धित मतदानस्थलमा पठाइसकिएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्