७ आश्विन २०८१ सोमबार
image/svg+xml

म्याग्दीमा लकडाउनको अवज्ञा गर्दै मासु काट्ने प्रहरी नियन्त्रणमा

जिल्लाको बेनी नगरपालिका–९ ढाडिखेतमा लकडाउनको अवज्ञा गर्दै गाउँमा मासु काटिरहेको अवस्था भेटिएका पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

ईशनाथ नपाका मेयर र नेकपा नगर अध्यक्षलाई पक्राउ पूर्जी

रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहताको पद धरापमा परेको छ। मेयर सन्तोष मेहतालाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालय रौतहटलाई पक्राउ पूर्जी पठाएको छ। मेयर मेहताका भाइ नेकपाका नगर अध्यक्ष मोहन मेहतालाई पनि पक्राउ गर्न पक्राउ पूर्जी आएको हो।

खोटाङमा लकडाउन अवज्ञा गर्ने पक्राउ

जिल्लमा ‘लकडाउन’ पालना नगर्ने २३ जना पक्राउ परेका छन्। कोरोना भाइरस (कोभिड–१९)को संक्रमण फैलिन नदिनका लागि सरकारले लागू गरेको ‘लकडाउन’को अवज्ञा गर्ने स्थानीयलाई प्रहरीले पक्राउ गरेको हो।

भ्रम फैलाउने पक्राउ

कोरोना भाइरसको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रबार साँझ झापाको दमकबाट पक्राउ परेका छन्।

काभ्रेमा लकडाउनको अटेरी गर्ने एक पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेले लकडाउनमा अटेर गरेर चलाइएका सवारी नियन्त्रणमा लिएको छ। प्रहरीले एक व्यक्तिलाई समेत नियन्त्रणमा लिएको छ। लकडाउनको अटेर गर्ने ३३ वटा मोटरसाईकल, १ वटा बस र १ जनालाई नियन्त्रणमा लिई कारवाही शुरु गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी रविकुमार पौड्यालले जानकारी दिए।

लकडाउन प्रभावः सुनसान भैरहवा, नियम उल्लंघन गर्ने पाँच जना पक्राउ (फोटो फिचरसहित)

कोभिड–१९ भाइरस संक्रमणको जोखिमबाट बच्न सरकारले आज बिहान ६ बजेदेखि लागू गरेको लकडाउनका कारण रुपन्देहीको भैरहवा पनि सुनसान देखिएको छ। ‘लक डाउन’ ले बेलहियाको सीमा नाकाबाट मालबाहक सामान बोक्ने गाडी केही आए पनि भैरहवा बजार सुनसान बनेको हो।

विप्लवका दाइ जयन्द्रसहित ६ जना पक्राउ

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का दाइ जयन्द्र चन्दसहित ६ जना पक्राउ परेका छन्। ललितपुर प्रहरीले जावलाखेलबाट आइतबार साँझ उनीहरूलाई नियन्त्रणमा लिएको हो।

घुस लिँदै गर्दा वडा सदस्य पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासको टोलीले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा बिचौलियासहित वडा सदस्यलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधि वडा सदस्य रामविश्वास मुखिया छन्। सेवाग्राहीबाट मुखियाको कुरो मिलाइदिने बिचौलिया स्थानीय नरगुन पासवानलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ।

कोरोना भाइरसबारे अडियोमार्फत भ्रम फैलाउने पक्राउ

कोरोना भाइरस (कोभिड-१९) को महामारीबारे अफवाह र भ्रमपूर्ण अडियोलाई सामाजिक सञ्‍जालमार्फत फैलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विप्लवका रौतहट इन्चार्जसहित दुई पक्राउ

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका रौतहट र्ईन्चार्जसहित दुइृ जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले शनिवार बिहानै दुई जनालाई विभिन्न दस्तावेज र हतियार तथा विस्फोटक पदार्थसहित पक्राउ गरेको जनाएको छ।

पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ

पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ।

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

धादिङ प्रहरीले कर्तव्य ज्यान मुद्दाको आरोपमा फरार भएका एक व्यक्तिलाई १८ वर्षपछि पक्राउ गरेको छ। जिल्लाको थाक्रे गाउँपालिका–६ रानीबारीका कान्छा थापा भनिने रणबहादुर थापालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

आत्महत्या दुरुत्साहनमा तीन जना पक्राउ

आत्महत्या गर्न बाध्य पारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरुमाथि आत्महत्या दुरुत्साहन मुद्दामा कानून बमोजिम अनुसन्धान कार्य थालेको जनाएको छ।

तास खेलिरहेको अवस्थामा नौ पक्राउ

तास खेलिरहेको अवस्थामा खोटाङमा नौ पक्राउ परेका छन्। हलेसी तुवाचुङ नगरपालिका–५ महादेवस्थानको महालंगुर होटलमा तास खेलिरहेको अवस्थामा नौ जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। हारजित हुनेगरी पैसा सट्टेवाज गरेर तास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्