७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

तास खेलिरहेको अवस्थामा नौ पक्राउ

खोटाङ– तास खेलिरहेको अवस्थामा खोटाङमा नौ पक्राउ परेका छन्। हलेसी तुवाचुङ नगरपालिका–५ महादेवस्थानको महालंगुर होटलमा तास खेलिरहेको अवस्थामा नौ जनालाई बुधबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ। हारजित हुनेगरी पैसा सट्टेवाज गरेर तास खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी बामदेव गौतमले बताए।

उनीहरुको साथबाट ७४ हजार ११० रुपैयाँ नगद र तीन बुङ तास जफत गरिएको प्रहरीले जनाएको छ। बिहीबार फौजदारी अपराध संहिता २०७४ को दफा १२५ अनुसार जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरेर अनुसन्धान भइरहेको डिएसपी गौतमले बताए। प्रहरीले तासको खालबाट पक्राउ पर्नेहरुको नाम गोप्य राखेको छ।

यद्यपी, नेकपा निकट राष्ट्रिय युवा संघका जिल्ला संयोजक रसकुमार राई, कांग्रेस निकट तरुण दल खोटाङका कोषाध्यक्ष रुपेन्द्र राई लगायतका युवा पक्राउ परेको श्रोतले जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७६ ०७:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App