१५ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

पूर्वमन्त्री बाँस्कोटाको घरमा विस्फोट गर्ने थप तीन पक्राउ

काठमाडाैँ - पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको लोकन्थलीस्थित घरमा प्रेसर कुकर बम विस्फोट गराएको अभियोगमा बिहीबार बेलुका प्रहरीले थप तीनलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलाली स्थायी घर भएका लक्ष्मण सेठी र अमृत कुमाल तथा कालिकोटका अभिषेक गिरी भनिने टेक लोहार रहेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुल थापाले जानकारी दिए।

गत फागुन २८ गते विस्फोट भएको थियो। सो दिन विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले मनोहरा सुकुम्वासी बस्तीबाट नेत्रविक्रम चन्द समूहका भक्तपुर जिल्ला सदस्य देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो। रासस

प्रकाशित: ७ चैत्र २०७६ ०६:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App