८ वैशाख २०८१ शनिबार
समाज

घुस लिँदै गर्दा वडा सदस्य पक्राउ

रौतहट- अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दीबासको टोलीले सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा बिचौलियासहित वडा सदस्यलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा यमुनामाई गाउँपालिका वडा नम्बर ३ का जनप्रतिनिधि वडा सदस्य रामविश्वास मुखिया छन्। सेवाग्राहीबाट मुखियाको कुरो मिलाइदिने बिचौलिया स्थानीय नरगुन पासवानलाई पनि अख्तियारको टोलीले पक्राउ गरेको छ।

स्थानीय एक जना सेवाग्राहीबाट वडा सदस्य मुखियाले रकमको माग गर्दै आएका थिए। नागरिकताको प्रमाणपत्र हराएपछि प्रतिलिपिको लागि सिफारिश माग गर्दा वडा सदस्य मुखियाले सधैँ आलटाल गर्दै आएका थिए र पछिल्लो समयमा रकमको माग गर्दै आएका थिए। रकमको माग हुन थालेपछि सेवाग्राही अख्तियारको सम्पर्कमा गएको थियो।

आइतबार सिफारिश गराइदिने भएपछि सेवाग्राहीले वडा सदस्य मुखियालाई बिचौलिया नरगुन पासवानलाई साक्षी राखेर १३ हजार रुपैयाँ दिएका थिए। अख्तियारको टोलीले सोही रकमसहित दुवैलाई पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनामाथि आवश्यक अनुसन्धान थालिएको स्रोतले जनाएको छ। पक्राउ परेपछि दुवैजनाले आफू निर्दोष रहेको बताएका छन्।

प्रकाशित: ९ चैत्र २०७६ १२:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App