७ आश्विन २०८१ सोमबार
image/svg+xml

लागुऔषधसहित तीन पक्राउ

कैलालीमा सशस्त्र प्रहरीले शनिबार लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल अस्थायी जाँचचौकी जुगेडाबाट सशस्त्र प्रहरी नायब निरीक्षक अनिलकुमार ओलीको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–१० बाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको हो।

बीस किलो गाँजासहित चार जना पक्राउ

लकडाउनको समयमा लागुऔषध गाँजाको ओसारपसार गरिरहेका मकवानपुरका चार जना रौतहटमा पक्राउ परेका छन् ।

घुस लिएको अभियोगमा दुई पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ।

जुवाको खालबाट काठमाडौंमा ९ व्यापारी पक्राउ

जुवाको खालबाट प्रहरीले ९ जना व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले लकडाउनको समयमा जुवा खेलिरहेको सूचनाको आधारमा कमलादीस्थित गनगोर बुटिक होटलबाट उनीहरुलाई पक्राउ गरेको हो। दरबारमार्ग प्रहरीका अनुसार व्यापारीहरु विमल खेतान, रामचन्द्र संघाई, पुरुषोत्तम अग्रवाल, विमल अउजा, सुरेशकुमार अग्रवाल, गोविन्दराम सरिया, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मालाई पक्राउ गरेको हो।

हत्या गरेको आरोपमा दुई पक्राउ

जिल्ला प्रहरी कार्यालय सुनसरीले बराहक्षेत्र–३ बाङ्गेका ३७ वर्षीय कमल राईको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

एकल महिलालाई करणी गरेको आरोपमा पक्राउ

मध्यरातमा एकल महिलालाई जवरजस्ती करणी गरेको आरोपमा म्याग्दीमा एकजना पक्राउ परेका छन् । गएको आइतबार राति करिब १२ बजे घरमा सुतिरहेकी ५१ वर्षिया वृद्धालाई करणी गर्ने रघुगंगा गाउँपालिका–३ पिप्लेका ४० वर्षिया क्षेत्रबहादुर चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नाै‌ लाख नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

सप्तरी प्रहरीले शनिबार ९ लाख नेपाली रुपैयाँसहित एक जना भारतीय नागरिकलाई सप्तरी प्रहरीले कोसीको पलारबाट पक्राउ गरेको छ । हनुमाननगर कंकालिनी नगरपालिका-१४ स्थित सप्तकोसी नदीकोबीच भागमा रहेको पलारबाट भारतीय नागरिक फूलकुमार मेहतालाई पक्राउ गरिएको सप्तरी प्रहरी प्रवक्ता डीएसपी तिलक भारतीले जानकारी दिए ।

रासायनिक मलमा कालोबजारी गरेको आरोपमा दुई पक्राउ

जिल्लाको भीमसेन थापा गाउँपालिका–१ निवेलबाट रासायनिक मलमा कालोबजारी गरेको आरोपमा प्रहरीले शनिबार दुई जनालाई पक्राउ गरेको छ।

करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ

रसुवामा जबरजस्ती करणी प्रयास गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३६ वर्षीय छोवाङ नाम्गेल घले रहेका छन्।

विप्लवका इलाम इन्चार्जसहित तीन पक्राउ

प्रहरीले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका जिल्ला इन्चार्जसहित ३ जनालाई विष्फोटक पदार्थसहित पक्रेको छ । मंगलबार बिहानको राति उनीहरूलाई माई नगरपालिका–९, बोरुङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खाली ट्रक जाँच गर्दा भेटियो १ करोड ९ लाख भारतीय रुपैयाँ, दुई जना पक्राउ

अवैध रूपमा नेपाल ल्याउँदै गरेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ। विराटनगरको एकीकृत जाँच चौकीमा गाडी चेक गर्ने क्रममा प्रहरीले भारतीय रुपैयाँ बरामद गरेको हो।

लागुऔषधसहित एक युवक पक्राउ

जारी लकडाउनको मौका छोपी सीमापारिबाट लागुऔषध भित्र्याउन लागेका एक युवकलाई महोत्तरी प्रहरीले सोमबार पक्राउ गरेको छ । सीमा पारिको बजार भिटामोडबाट चकनी बजार हुँदै भारि परिमाणमा लागुऔषधसहित नेपाल भित्रिन लागेको गोप्य सूचनाको आधारमा प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटि गएको संयुक्त प्रहरी टोलीले लागुऔषधसहित जलेश्वर नगरपालिका-४ मुसरपटि घर भएका ३२ वर्षिय दिपेशकुमार पाण्डेयलाई पक्राउ गरेको हो ।

महिलालाई निर्घात कुटपिट गर्ने शिक्षक पक्राउ

सरकारले आह्वान गरेको लकडाउनका बेला महिलामाथि हातपात गरेको आरोपमा पर्वतका एक शिक्षक पक्राउ परेका छन्।

अभद्र व्यवहार गर्ने पक्राउ

पुर्चौडी नगरपालिका–३ गौरीकन्या माविको क्वारेन्टाइनमा गई महिला वडा सदस्य काली बोहरामाथि अभद्र व्यवहार गर्ने सोही ठाउँका ३६ वर्षीय नरेन्द्र बोहरा पक्राउ परेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्