७ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

अभद्र व्यवहार गर्ने पक्राउ

बैतडी, – पुर्चौडी नगरपालिका–३ गौरीकन्या माविको क्वारेन्टाइनमा गई महिला वडा सदस्य काली बोहरामाथि अभद्र व्यवहार गर्ने सोही ठाउँका ३६ वर्षीय नरेन्द्र बोहरा पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक धनदेव साउदका अनुसार नरेन्द्रले मादक पदार्थ सेवन गरी आइतबार क्वारेन्टाइनमै गएर वडा सदस्य बोहरामाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेका थिए । आफन्तलाई भेट्ने भन्दै नरेन्द्रले क्वारेन्टाइनमा गएका थिए । जिल्ला प्रहरी प्रमुख एवं डिएसपी डिल्लीनारायण पाण्डेयले नरेन्द्रमाथि अदालतमा म्याद थपेर अनुसन्धान थालिएको जनाए । 

प्रकाशित: २३ वैशाख २०७७ ०३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App