३ आश्विन २०८१ बिहीबार
image/svg+xml

अरब लिगको सम्मेलन अल्जेरियामा सुरु

मङ्गलबार साँझको सो उद्घाटन सत्रमा सम्बोधन गर्दै अल्जेरियाका राष्ट्रपति सइदले अरब लिगको एकतामा जोड दिएका थिए। उनले यस ३१ औँ सम्मेलनको नारा पनि पुनर्मिलन राखिएको भन्दै यस सम्मेलनले अरब राष्ट्रहरुका बीचमा पुनर्मिलन गराउने अपेक्षा गरिएको बताए।

अल्जेरियाका दुई पूर्वप्रधानमन्त्रीलाई जेल सजाय

पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो। पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ वर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच बर्ष जेल बस्नुपर्ने भनिएको छ।

अल्जेरियाको राष्ट्रपतीय निर्वाचनमा पाँच उम्मेदवार

अल्जेरियामा राष्ट्रपति पदका लागि हुने निर्वाचनमा दुई जना पूर्वप्रधानमन्त्रीसहित पाँच जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ। आमजनताको विरोधका कारण राष्ट्रपति अब्देलाजिज बौतेफ्लिकाले राजीनामा गरेपछि राष्ट्रपति पद रिक्त छ।

अल्जेरियाली अदालतद्वारा पूर्वराष्ट्रपतिका भाइलाई १५ वर्षको जेल सजाय

अल्जेरियाको सैनिक अदालतले पूर्व राष्ट्रपति अब्देलाजिज बौतेलिफाका भाइलाई १५ वर्षको जेल सजाय दिएको छ ।

भ्रष्टाचार अभियोगमा अल्जेरियाका पूर्वमन्त्रीलाई जेल सजाय

अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ। पूर्व राष्ट्रिय एकता तथा पारिवारिक मामिला मन्त्री साइद बेर्कातलाई अदालतले सोमबार दोषी ठहर गर्दै सजाय स्वरुप कारागार चलान गर्नुपर्ने फैसला गरेको हो।

अल्जेरिया र अर्जेन्टिना औलोमुक्त

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले अल्जेरिया र अर्जेन्टिनालाई औलो रोग मुक्त देश घोषणा गरेको छ। उनीहरूलाई बुधबार नै औलो रोग मुक्त देश भएको प्रमाणपत्र पनि प्रदान गरिएको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले उल्लेख गरेको छ।

अल्जेरियाका राष्ट्रपतिले दिए राजीनामा

बुढ्यौलीका कारण अशक्त अल्जेरियाका राष्ट्रपति अब्देलाजिज बोतेफ्लिकाले आफ्नो पदबाट तत्काल लागू हुनेगरी राजीनामा दिएको सरकारी सञ्चार माध्यमले जनाएको छ।

राष्ट्रपति अयोग्य भएको अल्जेरियाली सेना प्रमुखको आरोप

दुई दशकसम्म शासन गरेका अशक्त र रोगी नेताले पद त्याग्नु पर्ने मागसहित केही साता यता अल्जेरियामा प्रदर्शन जारी रहेको छ। जनरल अहमद गइद सलाहले एक टेलिभिजन सम्बोधनमा देशमा उत्पन्न संकटको संवैधानिक सीमाभित्रै रहेर तत्काल समाधान खोजिनुपर्ने बताउँदै मंगलबार राष्ट्रपति अयोग्य भएको जिकिर गरेका हुन्।

अल्जेरियामा सैनिक विमान दुर्घटना, कम्तीमा १ सयको मृत्यु

अल्जेरियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ। उक्त विमान राजधानी नजिकैको वुफरिक सैनिक हवाई अड्डामा दुर्घटनामा परेको थियो। मृतकको संख्या अझै बढ्न सक्ने जनाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्