२३ आश्विन २०८१ बुधबार
image/svg+xml

गठबन्धनले एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएः ज्ञवाली

प्रदीप ज्ञवालीले सत्ता गठबन्धनले नेपाल र अमेरिकाबीचको एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएको भन्दै देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताएका छन्।

केपी ओलीले न भाले न पोथीको चाल देखाइरहका छन्ः माधव नेपाल

नेपालले एमसीसी पास गर्ने नाममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग अनैतिक सम्झौंता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्।

जोडी खोज्न ‘बिहे नेपाल’ एप्स

देशविदेशमा रहेका एकल नेपाली युवायुवती लक्षित गरेर ‘बिहे नेपाल’ एप्स राजधानीमा विहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ।

एक हजारले घट्यो सुन

आज तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ।

सरकारमा बस्ने नबस्नेबारे खुमलटारमा छलफल जारी

ललितपुरको खुमलटारस्थित दाहाल निवासमा अहिले माओवादी केन्द्रका नेताहरूबीच सरकारमा बस्ने या नबस्नेबारेमा छलफल भइरहेको छ। छलफलमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका माओवादीका नेता सहभागी छन्।

चिया बगानमा अतिक्रमण बढ्न थालेपछि प्रहरी परिचालन

नेपाल चिया विकास निगमको स्वामित्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा विनाश बढेको भन्दै अर्थ मन्त्रालयले चासो देखाएपछि सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको छ।

पुरुषमा आर्मी र महिलातर्फ प्रहरी च्याम्पियन

लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताअन्तर्गत बिहीबार विभागीय टोली नेपाल आर्मी पुरुष र नेपाल पुलिस महिलातर्फ च्याम्पियन बनेका छन्।

शंकास्पद व्यक्ति पसेको घटनामा निगमका सुरक्षा कमान्डर निलम्बित

नेपाल वायु सेवा निगमको कतार उड्न तयार विमानभित्र पासपोर्ट र टिकट नभएका अनधिकृत व्यक्तिको प्रवेश भएको विषयमा सुरक्षा लापरबाही देखिएको भन्दै निगमका विमानस्थल सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरिएको छ।

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छः अध्यक्ष नेपाल

कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए। उनले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राखे।

नयाँ समीकरणको कसरतमा दलहरू

सरकारले प्रतिनिधिसभामा फागुन ८ गते पेस गरेको एमसिसी सम्झौताको पक्षमा उभिन सत्ता साझेदार माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) तयार नभएपछि गठबन्धनको औचित्य सकिएको हो। माओवादी केन्द्र र नेकपा एसका शीर्ष नेताहरूले एमसिसी सम्झौताको पक्षमा कुनै पनि हालतमा मतदान गर्न नसकिने जनाएसँगै नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी एमालेसँग नयाँ गठबन्धनका लागि छलफल थालेको छ।

गठबन्धन धरापमा परिसकेको छ: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अहिलेको सत्ता गठबन्धन धरापमा परिसकेको बताएका छन्।

ऊर्जामन्त्री भुसालसँग भारतीय ऊर्जा सचिवको शिष्टाचार भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ।

एमसीसी सकसः देउवा, प्रचण्ड र नेपालबीच छलफल

तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

आकाशियो सुनको मूल्यः प्रतितोला एक लाख नजिक

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबारछापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो।

फ्रेसो क्यान्डी विज्ञापन अभियान फ्रेसो ब्रेथ सुरु

सुजल फुड्स प्रालि नेपालको अग्रणी कन्फेक्शनरी कम्पनीले ‘फ्रेसो ब्रेथ’ नाराका साथ फ्रेसो क्यान्डीको विज्ञापन सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्