६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सहमतिमा मात्रै एमसीसी पास गर्नुपर्छः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताएका छन्।

कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै उनले यथास्थितिमा एमसिसी पास गर्न नसकिने बताए। उनले एमसिसीका कारण देशमा राजनीतिक सङ्कट पैदा भइरहेकाले सहमतिका आधारमा मात्रै पारित गर्नुपर्ने धारणा राखे।

अध्यक्ष नेपाललले आफ्नो पार्टीले एमसिसीका विषयमा सबै राजनीतिक दलका बीचमा गहन अध्ययन र छलफल भएर मात्रै अगाडि बढाउनुपर्ने कुरामा जोड दिए।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले एमसिसीका विषयमा पार्टीले जे धारणा अघि सार्छ सोही विषयमा आफूहरु अगाडि बढ्ने बताए। उनले भने, 'समाजवादीका मन्त्रीहरु एमसिसीका पक्षमा मत जाहेर गर्छन् भन्ने हल्ला चलाइएको छ, हामी पार्टीले जे निर्णय गर्छ, त्यही हाम्रो अन्तिम निर्णय हुनेछ, हामी आफूखुशी केही गर्नेवाला छैनौँ।'

यसैगरी मन्त्री आलेले सुदूरपश्चिम क्षेत्रमा रहेका पर्यटकिय क्षेत्रको विकास र विस्तारका लागि आफू लागि परेको जानकारी दिए। धनगढी विमानस्थलसहित देशैभरिमा रहेका विमानस्थलको स्तरोन्नतिका लागि मन्त्रालय हरहमेशा लागिपरेको उनको भनाइ थियो।

प्रकाशित: १३ फाल्गुन २०७८ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App