१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

आकाशियो सुनको मूल्यः प्रतितोला एक लाख नजिक

सुनको भाउ बिहीबार  प्रतितोलामा दुई हजार ५०० रुपैयाँको दरले बढेर एक लाख नजिक पुगेकाे छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ। बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयामा कारोबार भएको थियो। 

यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएकाे छ।  चाँदीको मुल्य पनि तोलामा ३५ रुपैयाँको दरले बढेको छ। बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा  निर्धारण भएको छ।

प्रकाशित: १२ फाल्गुन २०७८ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App