४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कैलालीका दुई क्षेत्रमा नागरिकको सुरुवाती अग्रता

कैलालीका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता हासिल गरेको छ। सो पार्टीले क्षेत्र नं. १ र ३ मा सुरुवाती अग्रता लिएको हो।

कैलाली–१ मा गठबन्धनको अवस्था बलियो

मत परिणाम अनुसार दोस्रो स्थानमा नागरिक उन्मुक्ति पार्टी रहेको छ। सो पार्टीका वडाध्यक्षहरुले प्राप्त गरेको मत १७ हजार १९३ रहेको छ। तेस्रो स्थानमा रहेको नेकपा एमालेका वडाध्यक्षको मत ९ हजार ८८२ रहेको छ। क्षेत्र नं. १ अन्तरगत टीकापुर नगरपालिकाका नौ वडामा प्राप्त मत अनुसार सबैभन्दा धेरै नागरिक उन्मुक्तिले ७ हजार १३९ मत प्राप्त गरेको छ। उसले दुई वटा वडामा जितेको छ।

नागरिक उन्मुक्तिमा विवाद: दुई जनालाई कारबाही

स्थापनाको छोटो समयमै कैलालीका चारवटा स्थानीय पालिका जितेर चर्चा कमाएको नागरिक उन्मुक्ति पार्टीमा विवाद सुरु भएको छ। केही व्यक्तिले पार्टीमा विद्रोह गर्दै स्वतन्त्र उम्मेदवारी दिएपछि विवाद सुरु भएको हो।

रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ कैलाली–१ बाट उम्मेदवार

समाचारको सारांशनागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठले टीकापुरस्थित नापी कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेकी हुन्।

एमाले कैलालीका पूर्व अध्यक्ष थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश

नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन्।

कैलालीमा नागरिक उन्मुक्ति दोस्रो ठूलो दल

स्थानीय तहको निर्वाचन पश्चात नागरिक उन्मुक्ति पार्टी कैलालीमा दोस्रो ठूलो दलका रुपमा स्थापित भएको छ। यो पार्टी चार वटा पालिकामा जित हात पार्दै दोस्रो ठूलो दलका रुपमा स्थापित भएको हो।

टीकापुरको मेयरमा नागरिक उन्मुक्ति र उपमेयरमा माओवादी केन्द्र

कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु भारी मतान्तरले विजयी भएका छन्।

जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्तिको विजयी सुरुवात

कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टीले जितेको छ। उसले अध्यक्ष र उपाध्यक्ष सहित चार वडामा समेत जित हात पारेको छ।

टीकापुरमा नागरिक उन्मुक्तिको दोब्बर मतको अग्रता

नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा आफ्नो सुरुवाती अग्रतालाई कायम राखेको छ। मेयर पदका उम्मेदवार रामलाल डगौरा थारुले सुरुदेखि नै झण्डै दोब्बर मतले अग्रता लिइरहेका छन्।

टीकापुरमा नागरिक उन्मुक्तिको अग्रता कायमै

कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ। मेयर पदका प्रत्यासी रामलाल डगौरा थारुले झन्डै दोब्बर मतले अग्रता लिइरहेका छन्। उनले हालसम्मको गणना अनुसार ४ हजार ८९ मत प्राप्त गरेका छन्।

कैलालीका तीन पालिकामा नागरिक उन्मुक्तिको अग्रता

कैलालीका तीन वटा पालिकामा हालसम्मको मत गणना अनुसार नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ। सो पार्टीले टीकापुर र भजनी नगरपालिकाका साथै जोशीपुर गाउँपालिकामा अग्रता लिएको हो।

टीकापुरमा नागरिक उन्मुक्तिको अग्रता

टीकापुर नगरपालिकामा गठबन्धन लगायतलाई पछि पार्दै हालै स्थापना भएको नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता लिएको छ। अहिलेसम्मको मतगणना अनुसार सो पार्टीका सबै उम्मेदवारले अग्रता लिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्