४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ कैलाली–१ बाट उम्मेदवार

कैलाली–१ बाट प्रतिनिधि सभा सदस्यका लागि टीकापुर घटनाका मुख्य योजनाकार आरोपीरेशम चौधरी पत्नी रञ्जिता श्रेष्ठले उम्मेदवारी दर्ता गरेकी छन्। 

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष समेत रहेकी श्रेष्ठले टीकापुरस्थित नापी कार्यालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेकी हुन्।  

उनीसँगै कैलाली–१ प्रदेश (क) बाट कैलाश चौधरी र प्रदेश (ख) बाट लक्ष्मण किशोर चौधरीले उम्मेदवारी दर्ता गरेका छन्।  

यो क्षेत्रबाट २०७४ सालमा भएको निर्वाचनमा रेशम चौधरी अत्याधिक मतले विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मदनकुमारी शाह गरिमालाई २० हजार ९३५ मतान्तरले पराजित गरेका थिए।

 

उनी २०७२ भदौ ७ गतेको टीकापुर घटनाको मुख्य आरोपी भन्दै उजुरी परेपछि फरार भएका थिए। उनी फरार रहेकै अवस्थामा चुनाव जितेका हुन्। उनले २०७४ फागुन १४ गते कैलाली जिल्ला अदालतमा आत्म समर्पण गरेका थिए। उनलाई २०७५ पुष १९ गते सिँहदरबारमा तत्कालिन सभामुख कृष्णबहादुर महराले पद तथा गोपनीयताको सपथ खुवाएका थिए।  

उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको छ। उनी हाल डिल्लीबजार कारागारमा छन। उनले कारागारबाटै पार्टी चलाईरहेका छन। उनकै निर्देशनमा पार्टी स्थापना भएको हो। उनले पत्नी श्रेष्ठलाई आफ्नो उत्तराधिकारीका रुपमा अघि सारेका छन्।  

सो पार्टीले स्थानीय तहको निर्वाचनमा कैलालीका चार पालिका माजितेको छ। उसले टीकापुर नगरपालिका, भजनीनगरपालिका, जानकीगाउँपालिका र जोशीपुर गाउँपालिकामा जितेको छ। स्थानीय पालिकामा जिते पछि पार्टीले प्रतिनिधि सभा र प्रदेश सभामा समेत जित्ने दावी गर्दै आएको छ।  

 

 

प्रकाशित: २३ आश्विन २०७९ १०:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App