४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कैलालीका दुई क्षेत्रमा नागरिकको सुरुवाती अग्रता

कैलालीका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता हासिल गरेको छ। सो पार्टीले क्षेत्र नं. १ र ३ मा सुरुवाती अग्रता लिएको हो।  

कैलाली क्षेत्र नं. १ मा १ हजार ५०७ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले ६९१ प्राप्त गरेकी छन भने गठबन्धनका तर्फबाट काँग्रेसका केन्द्रिय सदस्य रहेका रामजनम चौधरीले ४०१ मत पाएका छन्। त्यस्तै नेकपा एमालेका तपेन्द्रबहादुर रावलले १८३ मत पाएका छन्।  

यहाँ कुल १ लाख ७ हजार ६७२ मतदाता रहेकोमा हिजो भएको निर्वाचनमा ६४ हजार ९९९ मत खसेको थियो।  

क्षेत्र नं. ३ मा १ हजार ८१० मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरीले ६०० मत प्राप्त गरेको छ। त्यस्तै गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादीका नेता कृष्णकुमार चौधरीले ४५०, राप्रपाका बिरेन्द्रबहादुर बमले ४०० र नेकपा एमालेका गौरीशंकर चौधरीले २५० मत प्राप्त गरेका छन।

प्रकाशित: ५ मंसिर २०७९ १०:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App