coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

टीकापुरमा नागरिक उन्मुक्तिको दोब्बर मतको अग्रता

नागरिक उन्मुक्ति पार्टीले टीकापुर नगरपालिकामा आफ्नो सुरुवाती अग्रतालाई कायम राखेको छ। मेयर पदका उम्मेदवार रामलाल डगौरा थारुले सुरुदेखि नै झण्डै दोब्बर मतले अग्रता लिइरहेका छन्।

पछिल्लो मत परिणाम अनुसार उनी ६ हजार १४० मतका साथ अग्रस्थानमा छन्। उनलाई नेपाली कांग्रेसका नवराज रावलले पछ्याइरहेका छन्। रावलको ३ हजार ९२६ मत रहेको छ। त्यस्तै नेकपाएमालेका श्यामखत्री २ हजार ९०८ मतका साथ तेस्रो स्थानमा छन्।

उपमेयरमा समेत नागरिक उन्मुक्तिकै उल्कादेवी विश्वकर्माले अग्रता लिएकी छन्। उनलाई नेकपा माओवादी केन्द्रका खडक शाहले ७४ मतको अन्तरले पछ्याइरहेका छन्। यसअघि केही समय शाहले अग्रता लिएका थिए। उपमेयरमा नेकपा एमालेकी उपमा केसीको २ हजार ३३१ मत छ।

अहिले सबैभन्दा बढी मत रहेको वडा नं. १ को मत गणना भैरहेको छ। यहाँ ११ हजार भन्दा बढी मत खसेको छ। अहिलेसम्म ४ हजार २२ मत मात्रै गणना भएको सहायक निर्वाचन अधिकृत लक्ष्मीओडले जानकारी दिएकी छिन्। उनका अनुसार वडा नं. २ र ६ को मत गणना हुन बाँकी नै छ।

अन्य छ वटा वडाको भने नतिजा आइसकेको छ। जसमध्ये वडाध्यक्षमा ३ वडामा माओवादी केन्द्र, २ वडामा नागरिक उन्मुक्ति र १ वडामा कांग्रेसले जितेको छ। माओवादी केन्द्रका तर्फबाट वडा नं. ७ मा यज्ञ न्यौपाने, वडा नं. ८ मा दीर्घ ठकुल्ला र वडा नं. ९ लौटन चौधरी विजयी भएका छन्।

ठकुल्ला र चौधरी यसअघि समेत वडाध्यक्ष रहेका थिए। त्यस्तै नागरिक उन्मुक्तिका तर्फबाट वडा नं. ४ मा लौटन चौधरी र वडा नं. ५ मा बलबिर थारु वडाध्यक्षमा विजयी भएका छन्। चौधरी समेत यसअघि वडाध्यक्ष रहेका थिए। कांग्रेसले वडा नं. ३ को वडाध्यक्ष जितेको छ। कांग्रेसका ऋषी विश्वकर्माले वडाध्यक्ष जितेका हुन्।

प्रकाशित: ३ जेष्ठ २०७९ ०८:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App