३ कार्तिक २०८१ शनिबार
image/svg+xml

मालिका गाउँपालिकाले घरेलु मदिराको ‘ब्रान्डिङ’ गर्ने

म्याग्दीको मालिका गाउँपालिकाले स्थानीय घरेलु रक्सीको ‘ब्रान्डिङ’ गर्ने नीति तथा कार्यक्रम बनाएको छ। दरवाङको छ्यारछ्यारेमा मंगलबार सुरु भएको तेह्रौं गाउँसभामा अध्यक्ष बेगप्रसाद गर्बुजाले घरेलु मदिरा ब्रान्डिङ गर्ने, बाँझो जमिनमा खेती गर्नेलाई अनुदान दिने लगायतका विषय समेटिएका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

जीप दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्यो

बागलुङमा पिकअप जीप दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ। जिल्लाको गलकोट नगरपालिकाबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठूलढुङ्गा भन्ने ठाउँमा दुर्घटना हुँदा मृत्यु भएका दुबै जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न माग

नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीस्थित भोक्राहा नरसिंह गाउँपालिकालाई ‘विशेष आर्थिक क्षेत्र’ घोषणा गर्न सरकारसँग माग गरेका छन्।

ताप्लेजुङ बाढी-पहिराेः ओढारमा बसेका तीन जना सम्पर्कविहीन

ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन्।

मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत ठप्प

ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन्। गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ।

अब निसेलढोरमै स्वास्थ्य सेवा

निसेलढोर बागलुङको दुर्गममा पर्ने बस्ती हो। निसेलढोरका अधिकांश स्थानीय घुम्ती बसाइ गर्ने गर्छन्। असोज लागेपछि निसीखोला गाउँपालिका–५ को निसी गाउँ झर्ने र बर्खा लागेपछि निसेलढोर जाने स्थानीयको परम्परा नै हो।

आशा जगाउँदै आविष्कार केन्द्र

‘जसले रित्ता बोतल फ्याँकेका थिए, सम्भवतः तिनै साथीहरू पनि त्यही बेन्चमा आराम गर्दै हुनुहुन्छ होला,’ उनले मुस्कुराउँदै भने, ‘प्लास्टिक हाम्रो शत्रु मात्र होइन, मिलाएर व्यवस्थापन गरे मित्र पनि हो।’

हाइकिङमार्फत मह गाउँको प्रवर्द्धन

शुक्लागण्डकी नगरपालिका-२ मा पर्छ दगाम गाउँ। यस गाउँमा २३ घर रहेका छन्। बीस घरमा मगर तथा तीन घरमा गुरुङ जातिको बसोबास रहेको छ।

साकेलालाई ‘पोषणमैत्री गाउँपालिका’ घोषणा गर्ने प्रतिबद्धता

खोटाङको साकेला गाउँपालिकालाई ‘पोषणमैत्री स्थानीयतह’ घोषणा गर्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर भएको छ।

सक्रिय बन्दै किशोरीहरु

नरहरिनाथ गाउँपालिका–३ की १२ वर्षिय किशोरी सन्तुष्टी बुढा अहिले सिओसि सदस्य छिन्। उनी सिओसि कक्षामा सहभागी भएर विभिन्न कुरा सिकेको बताउँछिन्।

विकासले रोक्यो झिम्पा गाउँको बसाइसराइ

बागलुङको सुदूरपश्चिममा रहेको निसीखोला गाउँपालिका–४ झिम्पा गाउँका बासिन्दाको सोच अहिले बदलिएको छ।

तटबन्धले मनाङकाे ताल गाउँ सुरक्षित

हिमाली जिल्ला मनाङमा विसं २०७८ असार १ मा इतिहास नै मेटिने गरी भारी वर्षा भयो। वर्षातका कारण बाढीपहिराको ठूलो क्षति भोग्नुपर्दा मनाङवासीका लागि अविस्मरणीय भयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्