६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

ताप्लेजुङ बाढी-पहिराेः ओढारमा बसेका तीन जना सम्पर्कविहीन

ताप्लेजुङको सिदिङवामा बाढीले याक्सा बगाएर ओढारमा अलपत्र रहेका तीन जना अहिले सम्पर्कविहीन भएका छन्। बाढी पहिरोका कारणले ओढारमा बसेका सिदिङवा गाउँपालिका-७ सुरुमखिमका २३ वर्षीय डेनिस गुरुङ, अनिता राई र उनीहरुका अढाइ वर्षकी छोरी सम्पर्कविहीन भएका हुन्।

निरन्तर वर्षासँगै बाढी पहिरोले उनीहरू बसेको याक्सा (गोठ) छेउमा पहिरो गएपछि ओढारमा बस्न परेको हो। गत सोमबार घरदेखि झन्डै एक दिनको पैदलमा रहेको गाग्रे भन्ने स्थानमा आलु खन्न र मकै गोड्न गएका थिए। बसेको याक्साको छेउबाट पहिरो गएपछि ओढारमा सरे बस्नुपरेको सिदिङवा गाउँपालिका-७ सुरुङखिका वडाध्यक्ष लक्ष्मण तामाङले बताए।

उनका अनुसार उनीहरू बसेको ओढारको तीनतिर खोला छन्। कुलिङ खोला, पाङदा खोला र तावा खोलाको बीचमा रहेकाले उद्धार गर्न जानसमेत समस्या रहेको वडाध्यक्ष तामाङले बताएका छन्।

उनले भने, ‘बाढीसँगै आएको खोला घटेको छैन। खोला तरेर जाने सम्भव छैन। पानी पर्न केही छिनमा रोक्ने केही छिमै पर्ने क्रम चलिरहेको छ।’

सुरुङखिम गाउँदेखि करिब चार घण्टा लाग्ने भएकाले खोला तरेर जना समस्या भएको तामाङको भनाइरहेको छ। आज पनि स्थानीय र प्रहरी उद्धारको लागि तयारी अवस्थामा रहे पनि  खोला तरेर जान समस्या भएको अध्यक्ष तामाङले बताए।

उद्धारका लागि आइतबारे नेपाली सेनाको हेलिकप्टर ताप्लेजुङ आए पनि मौसम प्रतिकूलताका कारण उद्धार हुन सकेन। आज बिहान नेपाली सेनाको हेलिकप्टर काठमाडौँदेखि ताप्लेजुङ प्रस्थान गर्ने तयारी भइरहेको ताप्लेजुङबाट निर्वाचित सांसद योगेशकुमार भट्टराईले बताएका छन्। रासस

प्रकाशित: ४ असार २०८० ०५:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App