३ कार्तिक २०८१ शनिबार
image/svg+xml

कालिकोटमा एकै गाउँका ३ सय ११ जना बिरामी

कालिकोटको तिलागुफा १० रुडुगाउँमा अज्ञात रोग फैलिएपछि शुक्रबार जिल्ला अस्पताल मान्म र तिलागुफा नगर अस्पतालबाट खटिएका ३ चिकित्सकसहित ९ स्वास्थ्यकर्मीले ३ सय ११ बिरामीको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेका छन्।

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर महानगर र गुल्मीको मालिका गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ। ललितपुरमा आज आयोजित एक कार्यक्रममा ललितपुर महानगरपालिका र गुल्मीको मालिकाबीच भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो।

सुत्केरीलाई घ्यू र अण्डा उपहार

जलजला गाउँपालिकाले सुत्केरीलाई घ्यू र अण्डा उपहार दिन थालेको छ। संस्थागत प्रसूति सेवा लिनेलाई प्रोत्साहन गर्दै घरमा हुने सुत्केरीलाई घटाउने, आमा र बच्चाको पोषण सुधारका लागि सन्देश प्रवाह गराउने उद्देश्यले घ्यू र अण्डा उपलब्ध गराइएको हो।

ऐसेलु भूमे: दुर्गम गाउँको अब्बल सामुदायिक विद्यालय

साढे तीन दशकअघि छाप्रोबाट सुरु भएको एक सामुदायिक विद्यालय स्थानीयवासीको भरथेग, शिक्षकको मेहनत र राज्यको साथका कारण अहिले अब्बल सावित हुन थालेको छ।

सिंगाे गाउँ व्यावसायिक बाख्रापालनमा

म्याग्दीको मंगला गाउँपालिका–१ खानीगाउँका यामबहादुर बुढाथोकीले झण्डै दुई दशक खाडीमुलुकमा बिताए।

कङ्क्रिटका घरले भरिन थाल्यो खहरे गाउँ

बागलुङ बजार नजिकै छ खहरे गाउँ। दशक अगाडिसम्म गाउँमा ढुङ्गाले बान्की मिलाएर छाएको छानो, सेतो कमेरो र माटोले पोतिएका घर थिए।

जगन्नाथले पालिकाको सिफारिस विना आएका योजना कार्यान्वयन नगर्ने

जगन्नाथ गाउँपालिकाले पालिकाको सिफारिस विना आएका योजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ

४ सय जना दलित बालबालिकाले पाए विद्यालय पोसाक

पर्साको सखुवाप्रसौनी गाउँपालिका वडा नं. ५ महुवनका ४ सय जना दलित बालबालिकाले विद्यालय पोसाक पाएका छन्। अमेरिकामा बस्दै आएका एक नेपाली दम्पतीले पर्साको ग्रामीण भेगका सामुदायिक विद्यालयमा अध्ययनरत दलित बालबालिकालाई शनिबार पोसाक वितरण गरेका छन्।

अतिक्रमित संरचना हटाउँदै बिन्दबासिनी गाउँपालिका

पर्साको बिन्दबासिनी गाउँपालिकाले बहुवर्वा भाठ्ठामा सडक चौडा पार्न सडकको क्षेत्रभित्र पर्ने अतिक्रमित संरचना हटाउन थालेको छ।

अजिंगर आतंकले स्थानीयमा त्रास

मकवानपुरको मनहरि गाउँपालिका-३ हाँडीखोलामा अजिंगरको आतंकका कारण स्थानीय त्रसित बनेका छन्। दैनिकजसो अजिंगर भेटिन थालेपछि स्थानीय त्रसित बनेका हुन्।

किसानलाई अनुदानमा कृषि उपकरण

बाँकेको वैजनाथ गाउँपालिकामा किसानलाई कृषि उपकरण वितरण गरिएको छ। कृषि क्षेत्रको विकास लागि गाउँपालिकाले वार्षिक बजेटमार्फत किसानलाई अनुदानमार्फत कृषि उपकरण वितरण गरेको हो।

बदलियो बदनाम इचोक गाउँको परिचय

सिन्धुपाल्चोकको इचोक गाउँ। यो गाउँ केही वर्षअघिसम्म युवतीविहीन थियो। छोरीहरू रोजगारीको नाममा मुम्बईका कोठीमा बेचिन बाध्य थिए। दलालहरू घरघर पुगेर छोरीचेली फकाईफुल्याई आकर्षक रोजगारी मिलाइदिन्छु भन्दै भारत लैजान्थे।

सासू–बुहारी अन्तरक्रियाका लागि बजेट

सिन्धुलीको सुनकोशी गाउँपालिकाले सासू–बुहारी अन्तरक्रिया कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरेको छ।

विजेता खेलाडीलाई सम्मान

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले राष्ट्रियस्तरको अन्तरपालिका ‘मेयर कप’ बास्केटबल प्रतियोगिताको उपाधि जित्ने खेलाडीलाई सम्मान गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्