१० मंसिर २०८१ सोमबार
image/svg+xml

बिना जानकारी बिदामा बस्ने ५ डाक्टरलाई कारबाही

कोरोना संक्रमण रोकथाममा खटीनु पर्ने बेला डिउटीमै नजाने पाँच जना डाक्टरलाई प्रदेश सरकारले कारबाही गरेको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा कार्यरत पाँच जना डाक्टरलाई प्रदेशको सामाजिक विकास मन्त्रालयले बर्खास्त गरेको हो।

कोरोनाबाट अमेरिकामा एक नेपालीको मृत्यु

कोरोनाको संक्रमणबाट न्युयोर्कमा आज एक जना नेपालीको मृत्यु भएको छ। ङिमा तेम्बा शेर्पाको निधन भएको हो।

कोरोना विशेष अस्पतालमा मृत्यु भएका बाबुरामको शव ११ दिनपछि परिवारले बुझे

बुटवलको कोरोना विशेष अस्थाइ अस्पतालमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीको शव ११ दिन पछि परिवारले बुझेका छन। चौतर्फी दवाव पछि पाल्पाली समाज,संविधानसभा सदस्य तथा मानवअधिकारकर्मीको पहलमा सामाजिक विकास मन्त्रालयमा आज भएको सर्वपक्षिय बार्ताले पाँच बुँदे सहमती गरेर शव उठाउने बातावरण बनाएको हो।

जनप्रतिनिधिले मातृभाषामा जनचेतना फैलाउदै

विश्वमा महामारीको रुप लिएर फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न गाउँ गाउँमा सचेतनाका अभियानहरु सञ्चालन भईरहेका छन्। नागरिकको घरदैलोको सरकारका रुपमा रहेको स्थानीय सरकारले घरघरमा पुगेर सरसफाई र जागरणका कार्यक्रम गरिरहेका छन्।

कोरोना कहर : यस्तो छ रोल्पाको अवस्था

जिल्ला प्रशासन कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार रोल्पामा ११ हजार २ सय ४८ जनालाई चेकजाँच गरिएको छ। जिल्ला भरमा आइसोलेसनका लागि बेड संख्या २३ छ। क्वारेन्टाइन बेड संख्या ५ सय ९४ रहेको छ भने २ सय १८ पुरुष र ३२ महिला गरि २ सय ५० जना क्वारेन्टाइनमा छन्।

‘लकडाउन’मा खटिएका प्रहरीलाई यातायात व्यवसायीको सहयोग

खोटाङ यातायात प्रालि खोटाङले ‘लकडाउन’का क्रममा ड्युटीमा खटिएका प्रहरीलाई फास्टफुड तथा सरसफाईका सामग्री प्रदान गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आव्हान गरिएको ‘लकडाउन’लाई सफल बनाउनका लागि खटिएका प्रहरीलाई प्रालिले ३५ हजार बराबरको पानी, बिस्कुट, चाउचाउ, जुस, सावुन, स्यानिटाइजर लगायतका सामग्री प्रदान गरेको हो।

एम्बुलेन्स चालकलाई परामर्शसहित स्वास्थ्य सामग्री वितरण

कोरोना भाइरस (कोभिड–१९) का सम्भावित संक्रमित बोक्ने एम्बुलेन्सका चालकलाई परामर्शसहित व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको छ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा किटनासक औषधि छर्किन सुरु

रसुवाको गोसाइँकुण्ड गाउँपालिकाले गाउँपालिकाभित्र रहेका सबै स्थानमा किटनासक औषधि (डिसइनफेक्टेन्ट) छर्कन सुरु गरेको छ। गाउँपालिकाले पहिलो चरणमा बजार क्षेत्रमा औषधि छर्कन सुरु गरेको हो।

चारै जनाको रिपोर्ट कोरोना नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा आइसोलेसन वार्डमा उपचाररत सबै चारै जनाको रिपोर्ट नेगेटिभ आएको छ।

कोरोनाको ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा २ वटा एम्बुलेन्स तयारी अवस्थामा

जिल्ला एम्बुलेन्स सञ्चालक समिति बुधबार बसेको बैठकले सम्भावित कोभिड-१९ को ‘डेडिकेटेड’ लागि ताप्लेजुङमा सञ्चालित २ वटा एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरेको छ। जिल्ला एम्बुलेन्स सञ्चालक समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाको अध्यक्षतामा बसेको बैठकले ताप्लेजुङ जिल्ला अस्पताल र ग्रामीण सेवा मञ्चद्धारा सञ्चालित एम्बुलेन्सलाई कोभिड १९ को ‘डेडिकेटेड’ एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय गरेको हो।

एयर अरेबियाको उडानबाट आएका तीनमा कोरोना देखिएन

नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ।

लकडाउन कहिलेसम्म ?

मात्र तीन महिनाअगाडि नोबेल कोरोना भाइरसबारे कसैले केही सुनेका थिएनन्। आज हरेक मुलुकमा कोही न कोही यो रोगबाट संक्रमित बनिसकेका छन्।

९ स्थानीय तहका जनप्रतिनिधले गरे ४२ लाख सहयोग

ताप्लेजुङका ९ स्थानीय तहका जनप्रतिनिधिले करिव ४२ लाख रुपैंया कोरोना भाईरस रोकथाम तथा नियन्त्रण लागि योगदान दिने भएका छन्। सबै स्थानीय तहका प्रतिनिधिले कम्तिमा महिना बराबरको आफूले पाउने सुबिधा कोरोना भाईरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेका ह्नु।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्