१० मंसिर २०८१ सोमबार
image/svg+xml

अब देशभरका १० स्थानबाट कोरोना परीक्षण हुने

सरकारकाले देशभरी विभिन्न १० स्थानबाट कोरोना भाइरस (कोभिड—१९) को नमुना परीक्षण सुरु गरेको छ। काठमाडौंसहित धरान, हेटौंडा, पोखरा, वुटवल, सुर्खेत, धनगढी, धुलिखेल, भरतपुर र भैरहवामा नमूना परीक्षण सुरु गरिएको हो।

पाँचथरमा ६ जनाको रिर्पोट नेगेटिभ

जिल्ला अस्पताल पाँचथरको आईसुलेसनमा राखेर उपचार गरिएका ६ जनाको रिर्पोट नेगेटिभ देखिएको छ। कोरोना जस्तै लक्षण देखिएपछि उनीहरुको रगतको नमुना परीक्षणको  लागि धरानतिविपि मेमोरीयल अस्पतालको प्रयोगशाल पठाइएको थियो ।

परिवारका सदस्यलाईं बचाउने कामना गर्दै घरमै पूजापाठ गर्ने तयारी

विश्वमा फैलिएको कोरोना भाइरसको प्रकोपपछि अहिले नेपाल लकडाउनमा छ। यस्तो अवस्थामा आदिवासी थारुसँगै अन्य जातिले हरेक नयाँ वर्षको दिन मनाउने सिरुवा पर्व यसपालि खुल्ला कार्यक्रम गरि आयोजना गर्ने अवस्था रहेन। जसले गर्दा उनीहरुले आफ्नो धार्मिक आस्था जोगाउन भएपनि घर–घरमै मनाउने तयारी गरेका छन्।

बैशाख ३ सम्म लकडाउन थप्ने मन्त्रीपरिषद् बैठकको निर्णय

कोरोना संक्रमण (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै गएपछि सरकारले तेस्रो पटक लक डाउनको समय थप गरेको छ।

कोरोना प्रकोपमा स्थानीय सरकारसँग कुनै सल्लाह र समन्वय छैन

कोरोना भाइरसको प्रकोपपछि अहिले देश लकडाउनमा छ। कोरोनाको रोकथाम, प्रतिरक्षा र सावधानीका लागि संघीय सरकारसँगै उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रीस्तरीय उच्चस्तरीय समितिले काम गरिरहेको छ।

रसुवामा एम्बुलेन्स चालक र बिरामीबीच छेकाबार अनिवार्य

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा नआउँदासम्मका लागि जिल्लामा एम्बुलेन्स चालकका लागि नयाँ व्यवस्था गरिएको छ। आइतबार बसेको जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिएमसी) रसुवाको पहिलो बैठकले जिल्लामा सञ्चालन हुने एम्बुलेन्समा चालक र बिरामीबीच छेकाबार अनिवार्य गरिने निर्णय गरेको छ।

रसुवामा कोरोना रोकथाम तथा न्यूनीकरणका लागि आवश्यक भन्दा न्यून सामग्री

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि रसुवामा आवश्यक पर्ने भन्दा न्यून सामग्री रहेको देखिएको छ। वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार जिल्लामा न्यून सामग्री मौज्दात रहेको छ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना

बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन्। कोरोना भाइरसको सङ्क्रमण देखिएको १० दिनसम्म उनी घरमा नै क्वारेन्टाइनमा रहदै आएका थिए।

कोरोनाविरुद्ध खटिने स्वास्थ्यकर्मीलाई गाउँपालिकाले सत प्रतिशत भत्ता दिने

कोरोना सन्त्रासका बीच पनि यसका विरुद्ध काममा खटिने अग्रभागका स्वास्थ्यकर्मीलाई ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले तलव बराबर नै प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ।

कोरोना निम्त्याउने बहस

मुलुकमा कारोनाको प्रकोप सुरु हुँदै गर्दा राजनीतिक वृत्तमा पनि तरंग आएको छ। खासगरी कोरोना भाइरस (कोभिड–१९) को उपचारका सन्दर्भमा राज्यले सुरु गरेको खर्च र त्यसका प्रक्रियाका विषय कोरोनाको संक्रमणभन्दा बढी रापिएको छ।

कतारबाट फर्किएका एकको कोरोना परीक्षण रिपोर्ट 'नेगेटिभ'

कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये एक जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नभएको पुष्टी भएको छ। फ्रान्सबाट कतार हुँदै गत चैत ४ गते नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टी भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौंसम्मको यात्रा गरेका जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको नमूना परीक्षणका क्रममा कोरोना भाइरसको रिपोर्ट नेभेटिभ देखिएको हो।

आइसोलेसनमा राखिएका तीनसहित उदयपुरका ५ को रिपोर्ट ‘नेगेटिभ’

कोरोना भाइरस (कोभिड–१९) संक्रणको आशंकामा जिल्ला अस्पतालको आइसोलेसनमा राखिएका ३ सहित उदयपुरका ५ जनाको स्वास्थ्य परीक्षण रिपोर्ट ‘नेगेटिभ’ पाइएको छ। ज्वरो आउने, टाउको दुख्ने र रुघाखोकीजस्ता कोरोना लक्षण देखिएपछि एकसातादेखि आइसोलेसनमा राखेर उपचाररत दुई महिलासहित ३ जनाको पछिल्लो परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

चैत महिनामा नेपाल प्रवेश गरेका सवैको कोरोना परीक्षण गरिने

सरकारले चैत महिनामा बिभिन्न देशबाट नेपाल प्रवेश गरेका सवैको कोरोना परिक्षण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाटनेपाल आएपछि बढी मात्रामा कोरोना संक्रमण देखिएका जिल्लाहरुमा पहिलो चरणमा विदेशबाट आउने सवैको परीक्षण गर्ने निर्णय भएको आइतवार जानकारी दिएको हो।

कोरोनापछिका संभावना

कोरोना भाइरस (कोभिड–१९) को त्रास संसारभर बढेपछि अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले अस्ट्रेलिया पुगेको एक वर्ष नबिताएका विद्यार्थी र तिनका आश्रितलाई आफ्नो देश फर्कन आग्रह गरिसकेका छन्।

कोरोनाविरुद्धको लडाईमा निजी क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले निजी क्षेत्रबाट प्राप्त सहयोगले कोरोनाविरुद्धको लडाईमा सरकारको मनोबल उच्च बनाएको बताएका छन्। अफ्ठ्यारो समयमा सरकारी र निजी क्षेत्र नभनि एकतावद्ध भएर अगाडी बढ्न निजी क्षेत्रको सहयोगले सरकारको मनोबल उच्च बनाएको मन्त्री ढकालले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्