१० मंसिर २०८१ सोमबार
image/svg+xml

भारतबाट कोरोना भाइरसको संक्रमणको जोखिम उच्च : गृह मन्त्रालय

गृह मन्त्रालयले भारतीय सीमा क्षेत्रबाट कोरोना भाइरस (कोभिड-१९) को उच्च जोखिम रहेको निष्कर्ष निकालेको छ। बिहीबार मन्त्रालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन कार्यकारी समिति बैठकले खुला सिमानाका कारण भारतबाट कोरोनाको संक्रमणको जोखिम उच्च रहेको निष्कर्ष निकालेको हो।

लोक सेवा आयोगको परीक्षा स्थगित

लोक सेवा आयोगले सबै लिखित परीक्षा स्थगित गरेको छ। संक्रमणका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) ले सृजना गरेको स्वास्थ्य संवेदनशिलतालाई मध्येनजर गरि आयोगबाट हुने लिखित परिक्षा चैत मसान्तसम्मका लागि स्थगित गरिएको हो।

त्रिविद्वारा सबै परीक्षा स्थगित, पठनपाठन पनि बन्द

त्रिभुवन विश्वविद्यालयले चैत मसान्तसम्मका लागि सबै परीक्षा स्थगित गरेको छ। त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले भोली शुक्रबारदेखि चैत मसान्तसम्मका लागि तोकिएका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको त्रिवि सभा तथा कार्यकारीको सचिवालयले जनाएको छ। विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला सरकारले सबै शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको थियो।

टेलिकमको रिङव्याक टोनमा कोरोना सन्देश

नेपाल टेलिकमले कोभिड–१९ को संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा कोरोना सन्देश दिन थालेको छ।

त्रिवि ईन्जिनियरिङ अध्ययन संस्थान अन्तरगतका पठनपाठन र सबै परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालय ईन्जिनियरिङ अध्ययन संस्थानले पठनपाठन र सबै परीक्षा स्थगित गरिएको जनाएको छ।

दिल्लीमा कोरोना संक्रमित युवाले गरे अस्पतालमै आत्महत्या

हालै अस्ट्रेलियाबाट फर्केका ३५ वर्षीय युवकले अस्पतालको सातौ तलाबाट हाम फालेर आत्महत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

चालु आवमा घट्दो क्रममा रेमिटेन्स

नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण विश्वका सबै मुलुकको अर्थतन्त्र प्रभावित बनेका बेला नेपाली अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिटेन्स आय घट्दै गएको छ।

टीकापुर नाकामा अत्यन्त फितलो व्यवस्थापन

टीकापुर नगरपालिका–९ खक्रौलास्थित सीमा नाकामा कोरोना नियन्त्रणको प्रयास निकै फितलो देखिएको छ। त्यहाँ दिनहुँ ओहोरदोहोर गर्ने करिब दुई हजारजति मानिसमा कसैलाई पनि कोरोना भाइरस भए/नभएकोबारे जाँच गरिँदैन।

घटेको अटोबजार, कोरोनाले झनै भयावह

कोरोना भाइरसको प्रभावले भन्दा पहिलेदेखि नै नेपालको अटोमोबाइल बजार सिथिल अवस्थामै थियो। अघिल्लो वर्ष पनि करिब १५ प्रतिशत बिक्री कम भएकाले यो वर्ष त्यसलाई सुधार्न युद्वस्तरमै काम भइरहेको थियो।

कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघ्यो, ८५ करोड विद्यार्थीको पढाई प्रभावित

कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या आठ हजार नाै सय नाघेको छ।

‘अत्यावश्यक बाहेक घरबाहिर ननिस्कनू’

सरकारले विश्वव्यापी रूपमा फैलिरहेको कोभिड १९ (कोरोना भाइरस) संक्रमणको जोखिम हुन नदिन बिहीबार सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सहितका विभिन्न परीक्षा स्थगित गरेको छ।

विश्वविद्यालयका सबै परीक्षा रोक्ने सरकारको निर्णय

सरकारले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। नेकपा सचिवालय बैठकमा समन्वय समतिका संयोजक समेत रहेका ईश्वर पोखरेलले अहिलेको अवस्थामा सञ्चालन गर्दा जोखिम बढ्न सक्ने भन्दै परीक्षा स्थगित गर्न निर्देशन दिएको बताए।

शुक्रबारदेखि विदेशी पर्यटकलाई नेपाल आगमनमा रोक

सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावित मुलुकबाट आएका पर्यटकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वको संयोजकत्वमा रहेको कोभिड–१९ जोखिम नियन्त्रण तथा रोकथाम उच्च स्तरीय समन्वय समितिले बुधबार मार्च २० को मध्य रातिदेखि लागू हुने गरी अप्रिल १५ सम्म आवगमनमा रोक लगाउने निर्णय गरेको हो।

वीरेन्द्रनगरमा कोरोना रोक्न तयारी तीव्र

विश्वभर फैलिएको कोभिड–१९ अर्थात् नोबेल कोरोना भाइरस संक्रमणको जोखिम हटाउन पूर्व सजगतालाई कर्णाली प्रदेश सरकारले काम तीव्र पारेको छ। प्रदेश सरकारले कर्णाली भित्रिने सीमावर्ती नाकामा हेल्थ डेस्क, प्रादेशिक अस्पतालमा आइसोलेसन र जिल्लामा आवश्यक पर्ने जनशक्ति तीन महिनाका लागि करारमा नियुक्त गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्