७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

कोरोनाबाट १ जनाको मृत्यु,१०६ जनामा संक्रमण पुष्टि

कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको हो।

अस्ति पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भनेर बाहना नगरौँ: स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको लक्षण देखिना साथ आइसोलेसनमा बस्न अनुरोध गरेको छ ।

काभ्रेमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण

काभ्रेपलाञ्चोकमा पुनः डेङ्गु र कोरोना सङ्क्रमण देखिएको छ। तीन महिनापछि सात जना कोरोना र पाँच महिनापछि डेङ्गु सङ्क्रमण पुष्टि भएको हो।

कोरोना परीक्षणबिना नेपाल प्रवेशमा रोक

कोरोना सङ्क्रमणको जोखिम बढेसँगै सुदूरपश्चिम प्रदेशका भारतसँग सीमा जोडिएका नाकामा मास्क र कोरोना परीक्षणबिना नेपाल भित्रिन रोक लगाइएको छ।

कोरोना संक्रमण फेरि बढ्यो

गत चौबिस घण्टामा नेपालमा थप ४२ जनामा कोरोना पुष्टि भएको छ। यीसहित नेपालमा १ सय २३ जना सक्रिय संक्रमित रहेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।

भारतबाट घर फर्किनेमा देखिन थाल्यो कोरोना

भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकी हुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ।

फेरी बढ्न थाल्यो कोरोना सङ्क्रमण, आज एकै दिन ४२ जना संक्रमित

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह सार्वजनिक गरेको विवरण अनुसार ९१५ नमुना परीक्षण गर्दा ४२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो।

फेरी बढ्यो कोरोना सङ्क्रमण, आज एकै दिन ६९ जना संक्रमित

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयाका अनुसार आज एक हजार दुई सय ६६ जनामा गरिएको परीक्षणमा ६९ जनामा सङ्क्रमण देखिएको छ।

इलाममा कोरोनाविरुद्धको बुस्टर खोप

सरकारको नियमित कार्यक्रम अन्तर्गत इलाममा कोरोनाविरुद्धको बुस्टर खोप दिइँदै छ। कोभिड–१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप शुक्रबारदेखि दिइने छ।

कोरोनापछिको व्यापार

आयातको तुलनामा न्यून मात्रामा निर्यात हुँदा नेपालको व्याापार घाटा वृद्धि भएको थियो। २०७७।७८ को तुलनामा २०७८।७९ मा २३ प्रतिशतले व्यापार घाटा वृद्धि भएको देखिन्छ।

कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज: सरकारको प्राथमिकतामा को?

सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरु र अग्रपंक्तिमा खटिनेहरुलाई लगाउने भएको छ।

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला

नेपाल १६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव सुरु भएको छ।

बुस्टर डोज नलगाउने ५५ हजारभन्दा कम

कोरोनाविरुद्धको खोप बुस्टर डोज लगाउनेको मात्रा ज्यादै कम भएको भन्दै स्वास्थ्य कार्यालय ताप्लेजुङले बुस्टर डोज लगाउन प्रेरित गर्नुपर्ने निष्कर्ष निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्