१३ श्रावण २०८३ बुधबार
image/svg+xml

सर्वदलीय बैठकको निष्कर्ष : सद्भाव र संयम अपनाउन संयुक्त विज्ञप्ति जारी गर्ने

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकले सुनसरी लगायतका क्षेत्रमा उत्पन्न तनावपूर्ण अवस्थालाई मध्यनजर गर्दै सामाजिक सद्भाव र संयम कायम राख्न संयुक्त विज्ञप्ति जारी गर्ने निर्णय गरेको छ।

जापानमा शक्तिशाली भूकम्प : १३ जनाको मृत्यु, दर्जनौँ घाइते

हजारौँ घरमा विद्युत् सेवा अवरुद्ध भएको छ भने उद्धार तथा राहत कार्य तीव्र रूपमा जारी रहेको अधिकारीहरूले बताएका छन्।

ट्रकले किच्दा ३ जनाको मृत्यु

तौलिहवा बहादुरगंज सडक अन्र्गत महाराजगंज नगरपालिका वडा नम्बर २ गैडहवा चोक नजिकै ट्रकले किच्दा ३ जनाको मृत्यु भएको छ।

कर्णाली राजमार्गमा फोर्स गाडी दुर्घटना, ६ जना घाइते

सुर्खेतदेखि अछामतर्फ जाँदै गरेको ३०७२ नम्बरको फोर्स गाडी कर्णाली राजमार्ग अन्तर्गत दैलेखको गुराँस गाउँपालिका १ स्थित मैनखोलामा बुधबार बिहान दुर्घटना भएको छ।

सुनसरी घटनामा सभापति थापाको प्रश्न : यस्तो बेलामा पनि प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटना लगायतका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीमाथि प्रश्न गरेका छन्।

आइएनजिओमा अनियमितता: समाजकल्याण परिषद्को भूमिकामा प्रश्न

नेपालको विकास साझेदार तथा हरेक वर्ष अर्बौं रुपैयाँ भित्र्याउँदै आएका अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) हरूले आफ्ना कार्यक्रम कार्यान्वयन गर्ने क्रममा यहाँका गैरसरकारी संस्था (एनजिओ) छनोट गर्दा बिचौलिया हाबी भएको पाइएको छ।

दाहालको प्रश्न : सरकार किन संकटका बेला संवेदनशील हुन सकेन ?

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले सुनसरीको देवानगञ्ज घटनापछि उत्पन्न परिस्थितिमा सरकार समाधानतर्फ अग्रसर हुन नसकेको बताएका छन्।

संकटका बेला प्रधानमन्त्री सक्रिय हुनुपर्छ : गगन थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज घटनालगायत विकसित परिस्थितिमा प्रधानमन्त्रीले सबै पक्षलाई समेटेर नेतृत्व लिनुपर्ने बताएका छन्।

सामाजिक सद्भाव कायम राख्न आग्रह

जिल्ला प्रशासन कार्यालय झापाले जिल्लामा सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र शान्ति सुरक्षा कायम राख्न आम नागरिक, राजनीतिक दल, सञ्चारकर्मी तथा सङ्घसंस्थालाई आग्रह गरेको छ।

देशभर चरणबद्ध रूपमा लागू हुँदै पशु वधशाला तथा मासु जाँच ऐन

यस विषयमा संघ, प्रदेश तथा स्थानीय तहका प्रतिनिधिहरूसँग मन्त्री चौधरीले आवश्यक समन्वय र छलफलसमेत गरि सक्नु भएको छ।

प्रजातन्त्र, शान्तिपूर्ण परिवर्तन र नेपालको लोकतान्त्रिक यात्रा

संघीय गणतान्त्रिक प्रजातन्त्रमा शान्तिपूर्ण रूपमा क्रान्ति गर्न नागरिक अधिकारको सुनिश्चितता गरिएको हुन्छ।

देशका विभिन्न स्थानमा मुख्य राजमार्गहरू अवरुद्ध, यात्रा गर्नुअघि जानकारी लिन प्रहरीको आग्रह

देशभर निरन्तर परेको वर्षा र पहिरोका कारण काभ्रेपलाञ्चोक, सिन्धुली, इलाम, सिन्धुपाल्चोक, दोलखा, रसुवा, ललितपुर, रोल्पा र लमजुङ लगायतका जिल्लाहरूमा मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्।

देवानगञ्ज घटना साम्य पार्न इटहरीमा सद्भाव र्‍याली

नागरिक समाज इटहरीको अगुवाइमा आयोजित सद्भाव र्‍यालीमा हिन्दु र मुस्लिम दुवै समुदायलाई संयम अपनाउन आग्रह गर्दै बजार परिक्रमा गरिएको छ।

नगेन्द्रराज शर्माको व्यक्तित्व र योगदानको स्मरण

अग्रज साहित्यिक पत्रकार एवं साहित्यकार नगेन्द्रराज शर्माको स्मृतिमा शोक सभा भएको छ।

सुनसरी घटनाबारे रास्वपा सभापति लामिछानेद्वारा बोलाइएको सर्वदलीय बैठक जारी, को को पुगे ?

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा जारी यस बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बे सहभागी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्