१० आश्विन २०८१ बिहीबार
image/svg+xml

अन्तरप्रदेश खेलकुद : १४० पदकसहित बाग्मती प्रथम

बाग्मती प्रथम हुँदा सुदूरपश्चिम दोस्रो, कोसी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचांै, कर्णाली छैटौं र मधेस प्रदेश अन्तिम स्थानमा रहे।

बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एकवर्ष बाँकी छ। वर्षदिन बाँकी छँदा नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ।

अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा

आगामी फागुन अन्तिम साता बाग्मती प्रदेशले पहिलोपटक अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ। अन्तरप्रदेशस्तरीय खेलकुद प्रतियोगितामा १४ वटा खेललाई समावेश गरिएको छ।

पदकविजेतालाई सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटिएफ तेक्वान्दोमा प्रदेश–१ बाट प्रतिनिधित्व गर्दै पदक जित्ने खेलाडी सम्मानित भएका छन्।

पदक विजेता खेलाडीलाई सम्मान

पोखरा महानगरपालिका–९ ले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेको छ। पोखरा महानगरपालिका–९ मा स्थायी रुपमा बसोबास गरेका तथा वडाभित्रबाट खेलेका १२ जना खेलाडी, प्रशिक्षक तथा व्यबस्थापकलाई नगदसहित सम्मान गरेको हो।

प्रादेशिक रंगशाला निर्माणको काम तीब्र

राष्ट्रिय खेलकुद परिषद्ले कर्णालीमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेसँगै प्रदेश सरकारले पूर्वाधार निर्माणतर्फ आफ्नो केन्द्रीत गरेको छ।

नवौंमा पदक विजेता खेलाडीलाई प्रदेश खेलकुद परिषदले सम्मान गर्ने

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता गण्डकी प्रदेशका खेलाडीलाई गण्डकी प्रदेश खेलकुद परिषदले सम्मान गर्ने निर्णय गरेको छ। परिषदले आगामी मंसिर १८ गते आईतबार पदक विजेता खेलाडीलाई सम्मान गरिने परिषदका सदस्य सचिव घनश्याम पौडेलले जनाए।

नवौं राष्ट्रियमा पदक जित्ने खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई महानगरको सम्मान

नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पोखरा महानगरपालिकाले शुक्रबार नगदसहित सम्मान गरेको छ। महानगरपालिकाले १६६ जना खेलाडी, ३५ प्रशिक्षक र २५ व्यवस्थापकलाई सम्मान गरेको हो।

खेलकुदमा बजेट पर्याप्त भएन, पूर्वाधार छैनन्ः सदस्यसचिव घिसिङ

'नवौं भन्दा दशौं चुनौती पूर्ण हो। सबैले देखेको पनि यही चुनौती हो। त्यसैले नवौं सकिएको लगत्तैबाट तयारी थाल्ने निर्णय नवौं सकिनुको अघिल्लो दिन निर्णय गरे समापनको दिन घोषणा गरेका हौं। त्यसरी घोषणा गर्दा सम्बन्धिक प्रदेशको तयारीको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ। अहिले कर्णाली प्रदेशले वहुप्रतिक्षित र चर्चित स्टेडियम बनाउँदै छ। जुन सुर्खेतमा हुँदैछ।'

नवौं राष्ट्रिय खेलकुद २०७९: त्रिभुवन आर्मीलाई रनिङ ट्रफी

गण्डकी प्रदेशको पोखरामा बिहीबार सम्पन्न नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ।

नवौं राष्ट्रिय खेलकुद आज सकिँदै

‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नाराका साथ असोज २८ गते औपचारिक उदघाटन भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरा रंगशालामा बिहीबार विशेष समारोहका बीच समापन गरिनेछ।

कुस्तीतर्फ आर्मी टिम च्याम्पियन

विभागीय टिम त्रिभुवन आर्मी क्लबका लागि ५७ केजी तौल समूहमा लक्ष्मी तामाङ, ६२ केजी तौल समूहमा सुशीला चन्द, ६५ केजी तौल समूहमा निर्मला जागरी, ६८ केजी तौल समूहमा मीरा आउजी र ७६ केजी तौल समूहमा रचना श्रेष्ठ र पुरुष तर्फको ७४ केजी तौल समूहमा सुरेस चुनारले स्वर्ण पदक जितेका हुन्।

सफ्ट टेनिसमा प्रहरी र एपीएफलाई एक/एक स्वर्ण

पोखरामा जारी प्रतियोगितामा मंगलबार भएको सफ्ट टेनिसको डबल्सतर्फका खेलमा प्रहरी र एपीएफले एक/एक स्वर्ण पदक जितेका हुन्। पुरुष युगल तर्फ नेपाल पुलिसका नरबहादुर लुङ्गेली र कमल भण्डारीको जोडीले प्रदेश नं. १ का युकेश योञ्जन र आशिष बोहराको जोडीलाई ५–३ को सेटले पराजित गर्दै स्वर्ण जिते।

कुस्तीमा एपीएफलाई ९, सुदूरपश्चिमलाई ५, मधेश प्रदेशलाई ३ स्वर्ण

पूर्वी नवलपरासी (नवलपुर)मा २० स्वर्ण पदकका लागि भएको कुस्ती प्रतियोगितामा एपीएफले पुरुषतर्फ ४ र महिलातर्फ ५ गरी कुल ९ स्वर्ण पदक जितेको हो। कुस्तीमा महिला र पुरुष दुबैतर्फ १०/१० स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो।

नवौँ राष्ट्रिय खेलकुदः बुद्धिचालतर्फको महिला क्लासिकलमा त्रिभुवन आर्मीलाई स्वर्ण

प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनीले क्लासिक चरणमा नौ अङ्क प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएकी हुन्। प्रतियोगितामा लोहनीले क्लासिक चरणका सबै नौ खेल सम्पन्न हुँदा सबै खेलमा जित निकाल्न सफल भएको निर्णायक दीपेश गिरीले जानकारी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्