एक वरिष्ठ इरानी अधिकारीले लेबनानी मिडिया अल मायादीनलाई बताएअनुसार उनको देशले अमेरिका र इजरायलविरुद्ध पूर्वनियोजित रणनीति अनुसार काम गरिरहेको छ।
उनले इरानले बिस्तारै र सावधानीपूर्वक कदम चालिरहेको बताए। यसले धेरै शत्रु सैन्य प्रणालीहरूलाई क्षति पुर्याएको छ र अब इजरायली आकाशमा यसको पर्याप्त नियन्त्रण छ।
इरानी अधिकारीहरूले आफ्ना शत्रुहरूलाई पाठ नसिकाउँदासम्म आफ्नो कारबाही जारी राख्ने बताएका छन्। इरानले युद्ध अन्त्य गर्न छ वटा सर्तहरू राखेको छ।
यस्ता छन् सर्त:
भविष्यमा फेरि युद्ध नहुने ग्यारेन्टी हुनुपर्छ।
यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अड्डाहरू बन्द गरिनुपर्छ।
इरानले बेहोरेको क्षतिको क्षतिपूर्ति दिनुपर्छ।
सम्पूर्ण क्षेत्रमा भइरहेका युद्धहरू अन्त्य गरिनुपर्छ।
हर्मुज स्ट्रेटको लागि नयाँ नियमहरू बनाउनु पर्छ।
इरान विरोधी मानिने मिडियासँग सम्बन्धित व्यक्तिहरूमाथि कारबाही गरिनुपर्छ।
प्रकाशित: ९ चैत्र २०८२ ११:२४ सोमबार





