नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेको छ।
सोमबारका लागि छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ७५ हजार ५०० रुपैयाँ तोकिएको छ। यसअघि आइतबार सुन प्रतितोला दुई लाख ८२ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। आइतबार प्रतितोला चार हजार ५४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ११५ रुपैयाँले घटेर चार हजार ४२५ रुपैयाँ कायम भएको छ।
प्रकाशित: ९ चैत्र २०८२ १०:४७ सोमबार





