१० मंसिर २०८१ सोमबार
image/svg+xml

विपद व्यवस्थापनमा नयाँ रणनीति अपनाई काम गर्न गृहमन्त्रीको निर्देशन

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा बोल्दै गृहमन्त्री थापाले अहिले सम्म अपनाइएको सतर्कताले नपुग्ने भन्दै नयाँ रणनीतिका साथ अगाडि बढ्न निर्देशन दिएका हुन्। उनले संकटलाई समाधान गर्न केन्द्र सरकारको कार्यसमिति लगायत सरोकारवाला संघ संस्थाहरूलाई उच्च सतर्कतामा राख्न समेत निर्देशन दिए ।

मनसुन सक्रिय भएसँगै सावधानी अपनाउन प्रशासनको आग्रह

मनसुन सुरु भएसँगै आइपर्ने प्राकृतिक विपत्तीबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले सावधानी अपनाउन आग्रह गरेको छ ।

चार दिन मनसुनी गतिविधि बढ्ने

आजदेखि आइतबारसम्म मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकाले आगामी चार दिन मनसुनी गतिविधि बढ्ने सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

असार १५ अघि नै १५ प्रतिशत रोपाइँ

ओखलढुंगामा यस वर्ष असार १५ अघि नै १५ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । चाढै मनसुन सुरु भएसँगै राम्रो सँग पानी परेकाले यस वर्ष रोपाइँ छिटो भएको हो ।

कोरोना कहरबीच मनसुनजन्य विपद्को संघारमा नेपाल, सरकारले बनायो यस्तो योजना

गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपालमा मनसुन असारदेखि असोजसम्म झन्डै सय दिन सक्रिय रहन्छ । यस क्रममा बर्सेनि ठूलो धनजनको क्षति हुने गरेको छ ।

बुधबारदेखि वर्षा व्यापक हुने सम्भावना, सतर्कता अपनाउन आग्रह

मौसम पूर्वानुमान महाशाखाले मंगलबार विशेष बुलेटिन जारी गर्दै भोलिबाट नेपालको पूर्वी भूभागनजिकै मनसुनको न्यून चापीय प्रणाली बन्ने भएकाले मनसुनी गतिविधि बढ्ने भन्दै सजग रहन सेचत गराएको हो।

देशभर फैलियो मनसुन, काठमाडौंसहित ४० भन्दा बढी जिल्लामा बाढीको जोखिम

अहिले देशभरजसो हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

मनसुन सक्रिय हुँदा देशभर वर्षा

मनसुन सक्रिय भएसँगै काठमाडौँ उपत्यकासहित देशको अधिकांश स्थानमा वर्षा भइरहेको छ । नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको मनसुन देशैभर फैलिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आगामी तीन दिन देशभर बदलीसहित वर्षाको सम्भावना रहेको, वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध समेत गरेको छ ।

देशभर मनसुन सुरु, सचेत रहन आग्रह

देशभरि पछिल्लो ६ दिनदेखि मनसुन सक्रिय भएको छ। अझै केही दिन वर्षाको सम्भावना रहेको जनाउँदै मौमस पूर्वानुमान महाशाखाले सतर्क रहन आह्वान गरेको छ। महाशाखाका अनुसार यस वर्ष जुन १२ देखि वर्षायाम सुरु भएको छ।

देशभर आंशिकदेखि सामान्य बदली हुने

मनसुनी वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। पूर्वी भूभाग हुँदै जुन १२ (गत जेठ ३०) गते प्रवेश गरेको मनसुन सक्रिय भएसँगै प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले बताइन्।

सक्रिय हुँदै मनसुन, आज राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

मौसमविद्का अनुसार अहिले पनि काठमाडौं उपत्यकासहित म्याग्दी, तनहुँ, काभ्रे सिन्धुली र आसपासका केही स्थानमा वर्षा भइरहेको छ।

मनसुन भित्रियो, सतर्कता अपनाउन आग्रह

नेपालमा यस वर्ष दुई दिन ढिलो गरी मनसुन भित्रिएको छ। मनसुन नेपालको पूर्वी भूभागमा जुन १२ मा प्रवेश गरेको र यससँगै मौसमी गतिविधि बढ्ने सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।

प्रिमनसुनको प्रभाव: तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।

प्रिमनसुनको प्रभाव : तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ।

मौसममा प्रि–मनसुनको प्रभाव

बर्खा सुरु हुनुअघिको तीन महिनाको प्रि–मनसुनको संघारमा हाल मौसम रहेकाले देशमा हावाहुरी, मेघगर्जन र चट्याङ पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्