११ आश्विन २०८१ शुक्रबार
image/svg+xml
समाज

असार १५ अघि नै १५ प्रतिशत रोपाइँ

ओखलढुंगामा यस वर्ष असार १५ अघि नै १५ प्रतिशत जमिनमा धान रोपाइँ सकिएको छ । चाढै मनसुन सुरु भएसँगै राम्रो सँग पानी परेकाले यस वर्ष रोपाइँ छिटो भएको हो । 

समयमै पानी परेकाले जिल्लाको माथिल्लो क्षेत्रका केही बाजो जमिनमा रोपाइँ सुरु भएको कृषी ज्ञान केन्द्रका अधिकृत छैठौँ हेमबहादुर आलेले बताए । अधिकृत आलेका अनुसार जिल्लाको तल्लो भेगका मकै रोपिएको खेतहरुमा भने रोपाइँ हुन बाँकी छ ।

जिल्लामा करिब ६ हजार ६ सय पाँच हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको कृषी ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । गत वर्ष ढिलो मनशुन सुरुहुनुका साथै कम पानी परेकाले करिब ३ हजार ५ सय ६५ हेक्टर जमिनमा रोपाइँ भएको कार्यालयले जनाएको छ ।  

 

प्रकाशित: १४ असार २०७७ ११:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App