२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
समाज

सक्रिय हुँदै मनसुन, आज राति केही ठाउँमा ठूलो वर्षाको सम्भावना

प्रतिकात्मक तस्बिर: वर्षा

अहिले नेपालमा मनसुन सक्रिय भएको छ। जसका कारण केही दिनयता दैनिक वर्षा भइरहेको छ।  

मौसमविद्का अनुसार अहिले पनि काठमाडौं उपत्यकासहित  म्याग्दी, तनहुँ, काभ्रे सिन्धुली र आसपासका क्षेत्रमा वर्षा भइरहेको छ।  

मौसम पूर्वानुमान महाशाखाले सोमबार साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार आज राति प्रदेश १, २, बागमती, गण्डकी, ५ नम्बर र कर्णाली प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।  

यसैगरी सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी, ५ र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको माैसम महाशाखाले जनाएको छ।  

प्रकाशित: १ असार २०७७ १४:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App