१९ आश्विन २०८१ शनिबार
image/svg+xml

पोखराका पर्यटन व्यावसायी भन्छन्ः काठमाडौंका यात्रुलाई पोखराबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडाउने चाहना छ

पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालन गर्नेगरि सरकारले ती विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनिलाई विशेष किसिमको सहुलियत दिने निर्णयसँगै पोखराको पर्यटन क्षेत्र पुन आशावादी बनेको छ।

पर्यटन क्षेत्रको चिन्ता: हवाई दुर्घटनाले आगामी सिजन प्रभावित हुन सक्छ

दुईसाता अवधिमा समग्र मुलुकलाई नै स्तब्ध बनाउनेगरि दुईवटा हवाई दुर्घटना हुँदा त्यसको दीर्घकालिन असर पर्यटन क्षेत्रमा पर्ने व्यावसायीको चिन्ता छ। दुइसाता अवधिमा भएका दुर्घटनामध्ये हेलिकप्टरमा चारजना चिनियाँ नागरिक परेका थिए। नेपाल घुम्न आएका पर्यटक नै हेलिकप्टर दुर्घटनामा परेको सन्देश प्रवाह हुँदा पर्यटन क्षेत्र झनै मारमा परेको व्यावसायीको भनाई छ।

‘मनसुन’ मा पर्यटक कसरि भित्र्याउने?

पर्यटन व्यावसायीका अनुसार पर्यटकीय हिसाबले यो बेला ‘अफसिजन’ हो। मनसुनको यो बेला विदेशी पाहुना कम हुनुलाई व्यावसायीले स्वभाविक पनि मान्छन्। तर, उनै व्यावसायीले ‘पोखरा सबै मौसमका लागि’ भन्दै पाहुनालाई घुम्न पनि बोलाउँछन्।

पोखरामा भएको स्कुल बस दुर्घटनाको अध्ययन गर्न महानगरको समिति

पोखरामा सोमबार बिहान भएको स्कुल बस दुर्घटनाबारे अध्ययन गर्न पोखरा महानगरपालिकाले अध्ययन समिति बनाएको छ। उक्त बस दुर्घटनामा विद्यालयकी कार्यालय सहयोगी र उनका छोरा सहित दुइजनाको ज्यान गएको थियो।

राईड सेयरिङको विरोधमा यातायात व्यावसायीले गाडी चलाएनन्

राईड सेयरिङको विरोधमा यातायात व्यवसायी आन्दोलनमा उत्रिएपछि गण्डकी प्रदेशको सार्वजनिक यातायात ठप्प भएको छ।

पर्यटन क्षेत्रको चिन्ताः न बाटो, नत आकाश सबैतिर असुरक्षा

पछिल्लो समय सार्वजनिक यातायातका क्षेत्रमा दुई ठुला दुर्घटना घटे। हवाई र स्थलमार्गको यातायात क्षेत्रमा भएका यी दुर्घटनापछि यतिबेला सबैतिर प्रश्न उब्जेको छ–नेपालमा स्थल र हवाई दुवैखाले मार्गको यात्रा जोखिमपूर्ण बन्यो। सामाजिक सञ्जालदेखि सबैतिर यतिबेला स्थल र हवाईमार्गको सुरक्षा र जोखिमबारे टिप्पणी गर्न थालेका छन्। अझ पर्यटन क्षेत्रले त झनै यी ठुला दुर्घटनाले ठूलो असर पार्ने भन्दै गुनासो गरेको छ।

सुविधासम्पन्न ह्‍यांगरमा मर्मत गर्नेगरि पोखरा आउँदै थियो जहाज

पोखरामा सौर्यको यतिबेला नियमित उडान भने छैन। तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ह्यांगरमा राखेर नियमित मर्मतसम्भार र परीक्षण गर्नेगरि पोखरा आउने गरी सौर्य एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)सँग अनुमति मागेको थियो।

दुर्घटनाग्रस्त जहाज मर्मतका लागि पोखरा आउँदै गरेको खुलासा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सौर्यको जहाज मर्मतसम्भारका लागि बुधबार पोखरा आउने तालिका थियो।

पोखरा भित्रिने वैकल्पिक सडकः कालिकास्थान–पुँडीटार–लामेआहाल निर्माण हुँदै

पोखरा भित्रिने वैकल्पिक सडकको रुपमा कालिकास्थान–पुँडीटार–लामेआहाल सडक खण्ड निर्माण हुने भएको छ।

पोखरेली पर्यटन व्यावसायी भन्छन्: पोखराबाट अन्तर्राष्ट्रिय उडानका लागि सरकारी दबाब आवश्यक

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा पर्यटन क्षेत्र निराश छ। अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सुरु भएपछि पोखराका पर्यटन व्यावसायीले पर्यटनका पूर्वाधारमा लगानी पनि थपेका थिए। विमानस्थल संचालनमा आएपछि पाहुना आगमन बढ्ने व्यावसायीको अपेक्षा थियो। तर, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नहुँदा प्रतिफल पाउन नसकेको पर्यटन क्षेत्रको गुनासो छ।

पर्यटनमा मनसुनको असरः चारैतिरको पहिरोले पोखरा ‘लक’ भयो, पाहुना रोकिए

मनसुनसँगै पर्यटकीय क्षेत्र लेकसाइड पनि सुस्ताएको छ। पर्यटन व्यावसायीका अनुसार केहीदिन अघिसम्म आन्तरिकसँगै भारतीय पर्यटकको भीडभाड रहेको पोखरामा अहिले पाहुना निकै नै कम रहेको पर्यटन व्यावसायीले बताएका छन्। होटलका पाहुना घटेसँगै अकुपेन्सी कम भएको व्यावसायीले बताएका छन्।

पोखरामा तायाःमचा नाच प्रतियोगिता हुने

पोखरामा भदौ ८ गते तायाःमचा नृत्य प्रतियोगिता हुने भएको छ। हरेक वर्ष पोखरामा हुँदै आएको तायाःमचा नृत्य प्रतियोगिता यसवर्ष पोखरा महानगरपालिका–९ नयाँबजारस्थित शिव–गणेश मार्गमा हुने आयोजकले बताएको छ।

पोखरासँग हवाई र स्थलमार्गको सम्पर्क टुट्यो

अविरल वर्षापछिको पहिरोले पोखरा जोड्ने सबैतिरका राजमार्ग अवरुद्ध भएका छन्। वर्षाका कारण राजमार्गका ठाउँठाउँमा पहिरो खसेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले बताएको छ। मुख्य राजमार्ग सहित भित्री सडक पनि पहिरो खसेर अवरुद्ध भएको प्रहरीले बताएको छ। स्थलमार्गसँगै पोखरासँगको हवाई यातायात पनि पूर्णरुपमा अवरुद्ध भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ।

पोखरा महानगरको राजश्वबारे लेखा समितिले अध्ययन थाल्यो

पोखरा महानगरपालिकाको सार्वजनिक लेखा समितिले पोखरा महानगरपालिकाले गुमाएको राजश्वबारे अध्ययन गर्न उप–समिति बनाएको छ।

पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा शाखा

सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुईठाउँमा शाखा विस्तार गरेको छ। पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको सेलवेजले पोखरा महानगपालिका–१७ विरौटा र पोखरा–५ प्रस्याङमा शाखा विस्तार गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्